बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

आफ्नो स्वास्थ्य र सुरक्षामा आफै ध्यान दिऔं

आफ्नो स्वास्थ्य र सुरक्षामा आफै ध्यान दिऔं


  • Dhorpatan News
  • साउन ८ २०७७, बिहिबार

कोरोना महामारीको अन्त्य भएको छैन तर कोरोना रोकथामको लागि घोषित १२० दिने बन्दाबन्दी (लकडाउन) चाहिँ अन्त्य भएको छ । विद्यालय, मनोरञ्जन स्थल, भोज, लामो दूरीका सवारी नखुलाए पनि लकडाउन खुल्नासाथ मानिसहरुको चहलपहल बढेको छ । मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमण फैलनसक्ने त्रास पनि बढेको छ । अनन्तकालसम्म लकडाउन कामय राख्न सकिँदैन र राख्नु पनि हुँदैन । तर, जुन प्रयोजनको लागि लकडउान गरियो, त्यो पूरा नहुँदै खोलिँदा प्रत्युत्पादक हुनसक्ने चिन्ता थपिएको छ । नेपालमा हालसम्म समुदायममा कोरोना संक्रमण नफैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दावी गरेको छ । लकडाउन खुलेसँगै कथंकदाचित कोरोना संक्रमण समुदायमा फैलियो भने स्थिति जटिल हुनसक्छ । लकडाउन किन लगाइयो र लकडाउनको अवधिमा सरकारले के ग¥यो भन्ने प्रश्न अनुत्तरित छ । केही व्यक्तिमा कोरोना संक्रमण देखिनासाथ सरकारले लकडाउन घोषणा ग¥यो । तर, लकडाउनसँगै परीक्षणको दायरा बढाउने काममा भने सरकार असफल भयो । बरु, स्वास्थ्य सामग्री खरिद, विश्व स्वास्थ्य संगठनले प्रमाणित नगरेको आरडीटी परीक्षणजस्ता विषयमा अल्झन पुग्यो । १२० दिनमा केही भएन र गरिएन भन्ने हैन तर जे हुनुपथ्र्यो त्यो भएन । लकडाउनले अर्थतन्त्रदेखि मानिसको दैनन्दिन जीवनमा ठूलो असर ग¥यो । राजश्वको स्रोत गुम्यो । अनि एकाएक लकडाउन खुलेको घोषणा भयो ।
नेपालमा संक्रणम घटेको छैन । सहरी क्षेत्र र खासगरि काठमाडौंमा पनि संक्रमणको दर बढेको छ । संक्रमण नहटेको बेला एकाएक बन्दाबन्दी खुल्दा विश्वका कयौं मुलूकहरुमा लकडाउन खुल्नासाथ कोरोना समुदायमा फैलिएको उदाहरण रहेको छ । लकडाउन खुल्नु भनेको मानिसहरुको भीडभाड बढ्नु हो । लकडाउन खुलेसँगै विदेशबाट मानिस आउने क्रम बढ्नेछ । उनीहरुलाई कहाँ र कसरी परीक्षण गर्ने, क्वारेण्टिनमा राख्ने कि नराख्ने अनि उनीहरुमार्फत् नै कोरोना समुदायमा फैलिए के गर्ने भन्ने प्रश्नको उत्तर सरकारसँग छैन । लकडाउन खुल्नु भनेको नागरिकको स्वास्थ्यको जिम्मा उसकै काँधमा छाड्नु हो । सरकारले नागरिकलाई नै स्वास्थ्यको जिम्मेवारी सुम्पेपछि दायित्व बढेको छ । अब प्रत्येक नागरिकले आफ्नो स्वास्थ्यको ख्याल आफैले गर्नुपर्ने भएको छ । संक्रमित नघटेको तथा जोखिम कायमै रहेका बेला सकेसम्म सार्वजनिक ठाउँमा नजाने, मास्क लगाउनेजस्ता सामान्य सुरक्षा प्रबन्धमा व्यक्ति स्वयं लाग्नुपर्नेछ । यसका अलावा, साबुनपानीले हात धुने, वृद्ध तथा बालबालिकाहरुलाई सम्भावित जोखिमबाट बचाउने दायित्व पनि व्यक्तिले नै वहन गर्नुपर्नेछ । देशका विभिन्न ठाउँमा अझै पनि सयौं व्यक्तिहरु क्वारेण्टिनमा छन् । क्वारेण्टिनको व्यवस्थापन स्थानीय सरकारहरुले गरिरहेका छन् । लकडाउन खुलेको अवस्थामा पनि ती क्वारेण्टिनहरु सुचारु राख्दै संक्रमणको सम्भावित जोखिमबाट बचाउने दायित्यबाट स्थानीय तहहरु पर हुनुहुँदैन । समग्रमा भन्दा लकडाउन खुलेको हो, जोखिम उस्तै छ भन्ने बुझेर आफ्नो सुरक्षामा आफै ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->