बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बागलुङे परियारको तिजी गीत ‘बैनी बरीलै’ (भिडियोसहित)

बागलुङे परियारको तिजी गीत ‘बैनी बरीलै’ (भिडियोसहित)


  • कृष्ण संयोग
  • साउन ८ २०७७, बिहिबार

बागलुङ, ८ साउन– चार्डपर्वमा माईत आउन नपाएका चेली र उनीहरुलाई पर्खिएका माईतीको व्यथा समेटिएर तयार गरिएको तीज गीत ‘बैनी बरीलै’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको स्वर रहेको तिज गीत ‘बैनी बरीलै’ बाबु कृष्ण परियारको अफिसियल युवटुव च्यानलमार्फत सार्वजनिक भएको हो ।
वन डीबी एचडी स्टुडियोमा रेकर्ड गरिएको गीतको शब्द सरोज आचार्य, गायक परियारको लय, एरेन्जर सुनिल परियार, रेकर्डिङ गोविन्द पराजुली र मिक्सिङ एचबिएन किस्मत गरेका छन् । तीजमा माईत आउन नपाएका चेलीहरूलाई पर्खिएका माईतीको व्यथामा समर्पित भिडियोमा बागलुङका कलाकार तथा निर्देशक देवेन्द्र बल्लु, रोशनी कार्की, विशाल घिमिरे, श्याम मल्ल र खेम बाले अभिनय, सम्पादन प्रविण भट्ट छायांकन करण चैसिर र देवेन्द्र बल्लुको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->