बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ज्ञान र अभ्यास विचको अन्तर हटाऔं

ज्ञान र अभ्यास विचको अन्तर हटाऔं


  • Dhorpatan News
  • साउन १३ २०७७, मंगलबार

अहिले देश वन्दावन्दीबाट मुक्त भएको छ । यद्यपी केही सवारी साधन, मनोरञ्जन केन्द्र र शैक्षिक संस्थाहरु खुल्नभने बाँकी छ । यीपनि विस्तारै खुल्दै जाने नै छन् । तीन महिना लामो वन्दावन्दीबाट देशमुक्त भइरहदाँ कोभिड १९ को महामारीबाट बँच्न स्वास्थ्य सुरक्षालाई भने ध्यान दिनुनै पर्ने भएको छ । यसको लागि सरकारले सवै जनतालाई स्वास्थ्य सुरक्षाको वारेमा ख्याल गर्न आग्रहग रिरहेको नै छ । उसका निर्देशन पनि गृह प्रशासनमार्फत सवै ठाउँमा पुगेका नै छन् । राजमार्ग र बजारका साना ठूला चोकमा प्रहरीले मास्क लगाउन, स्यानीटाइजरको प्रयोग गर्न र दुरी ब्यवस्थापन माध्यान दिन भनीरहेको नै छ । तर पनि आमसर्वसाधारण भने सरकारको आब्हान, निर्देशन र धम्की प्रति खासै ध्यान दिएको देखिदैन ।
काम विशेषले सडक र राजमार्गमा हिडडुल गर्नुपर्ने अवस्था आयो भने यी त सवै भन्ने कुरा न रहेछन भन्ने अनुभुती हुन्छ । हुन त आम नागरिक यतिवेला सरकारका काम प्रति असन्तुष्टी जाहेर गरिरहेका छन् । कसै कसैले यसलाई सरकारी निर्देशनको अवज्ञा पनि भनिरहेका छन् । जे भएपनि नागरिकले सरकारको आब्हान र निर्देशनलाई उलंघन गर्ने कुरा सामान्य विषयहुदै होइन् । जव नागरिकमा विश्वास वढ्दै जान्छन, उनीहरुमा सरकारका निर्देशनको स्वतस्फुर्त रुपमा स्वागत र कार्यान्वयन गर्ने तत्परता देखिन्छ । जव वितृष्णा बढ्दै जान्छ, उनीहरुमा अवज्ञा र विरोधका स्वरहरु देखिन्छन् । अहिले यी विषय वस्तुमा रहेर विश्लेषण आवश्यक भएको छ । जनताले सरकारी आदेश र निर्देशन किन अवज्ञा गरे होलान, प्रश्नको उत्तर खोज्ने कोही पनि भेटिदैन । बरु त्यसलाई सदावार विरोधीको संज्ञा दिन पछि पर्दैनन् ।
हुन त प्रश्न सत्तापक्षिय राजनैतिक दलतर्फ नै सोजिएको छ । यतिवेला सत्तारुढ दलका सयौं कार्यकर्ता भौतिक दूरी र स्वास्थ्य सुरक्षा सावधानीसमेत नअपनाई जम्मा भएका छन् । र त्यस्तो कार्यक्रममा वहालवाला मन्त्री लगायत नेताहरू सहभागी बनेपछि सर्वसाधारणले भौतिक दूरी वा अरू सावधानीको विषय उठान गर्ने अधिकार राख्ने नै भए । वहालवाला मन्त्री सहभागी भएर हालै काभ्रेमा समपन्न भएको मदन भण्डारी फाउन्डेसनको कार्यक्रम त्यसैको उदाहरण हो । सुरक्षा सजकता अपनाउँदैमा संक्रमण रोकिन सक्तैन भन्ने तर्क पनि नउठेका होइनन् । तर पनि सरकारको जिम्मेवारीमा रहेका ब्यक्तिहरुको गैरजिम्मेवारीपूर्ण ब्यवहारलाई सही भन्न सकिदैन् । हेर्दा ससाना विषय भएपनि मान्छेको आचारणको परिक्षण गर्न काफी हुन्छन् नै । सामाजिक दुरी कोभिड १९ को संक्रमण रोक्ने महत्वपूर्ण कडी मानिएको छ । त्यसलाई वेवास्ता गर्नेलाई के कारवाही हुन्छ भन्ने कुरा हरेकको चासोको विषय छ ।
लामो समयपछि खुलेको बन्दाबन्दीले हरेक नागरिकमा केही स्वच्छन्दता र रोमाञ्चकता जागेको हुनसक्छ । तर, कोभिड–१९ को संक्रमणलाई बेवास्ता गर्ने रोमाञ्चकता हाम्रो समाजका लागि निकै महँगो सावित हुन सक्छ । हामी जो कोहीमा जो कोहीमा पनि संक्रमण भइहाल्यो भने आफूमात्र हैन परिवारकै जीवन संकटमा पर्छ । त्यसैले सचेत नागरिक सबैले अनिवार्य रुपमा मास्क लगाउने, साबुन पानीले हातधुने, स्यानिटाइजर प्रयोग गर्ने र भौतिक दूरी कायम राख्ने जस्ता कुराहरुमा विशेष ध्यानदिनै पर्दछ । कोभिड–१९ को संक्रमणबाट जोगिने उपाय जो जहाँ रहेपनि अनिवार्य रुपमाअपनाउनु पर्दछ । हामी सवैमा ज्ञानको तह सिमित छ । ज्ञानले नै व्यक्तिको धारणा र अन्ततः अभ्यासमा परिवर्तन गर्न सक्नुपर्छ । ज्ञान, धारणा र अभ्यासबीचको अन्तर समाप्त नहुँदासम्म ज्ञान जीवनोपयोगी हुन सक्तैन । यसतर्फ सवैको ध्यान पुग्नै पर्दछ । ज्ञान, धारणा र अभ्यास विचको अन्तरलाई हटाउन लाग्नु पर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->