सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

नेपाल रेडक्रस साेसाइटीको बर्तमान कार्यसमिति भंग

नेपाल रेडक्रस साेसाइटीको बर्तमान कार्यसमिति भंग

नेत्र तिमिल्सिनाको नेतृत्वमा ३३ सदस्यीय तदर्थ समिति गठन


  • ढोरपाटन संवाददाता
  • साउन १३ २०७७, मंगलबार

काठमाडौं, १३ साउन – नेपाल रेडक्रस साेसाइटीको बर्तमान कार्यसमिति भंग भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सञ्जीव थापा नेतृत्वको कार्यसमिति भंग गर्ने निर्णय गरेकाे हाे। बैठकले थापा नेतृत्वको कार्यसमिति भंग गरी नेत्र तिमिल्सिनाको नेतृत्वमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको मन्त्रिपरिषद स्रोतले जानकारी दियाे।
अनियमिततामा मुछिएको भन्दै रेडक्रसकाे बर्तमान समिति भंग गरिएको हो। थापा २०६४ सालदेखि साेसाइटीको अध्यक्ष थिए। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले रेडक्रसको कार्यसमिति भंग गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगेको थियो।
राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीको संयोजक गठित भएको अध्ययन तथा अनुगमन समितिले रेडक्रसमा अनियमितता भएको ठहर गर्दै विघटनको सिफारिस गरेको थियो। नेपाल रेडक्रस सोसाइटीका सञ्चार निर्देशक दिव्यराज पौडेलले कार्यसमिति भंग भएकोबारे अनौपचारिक जानकारी पाएपनि मन्त्रिपरिषदको निर्णयबारे पत्र प्राप्त भइनसकेको बताए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->