सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

मास्क नलगाउने १५ जनालाई जरीवाना

मास्क नलगाउने १५ जनालाई जरीवाना


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७७, शनिबार

बागलुङ, १७ साउन– सदरमुकाम बागलुङ बजार नजिकै शुक्रबारबाट सञ्चालनमा आएको झोलुङ्गे पुल हेर्न पुगेका १५ जनालाई प्रहरीले जरीवाना गरेको छ । कोरोनाबाट बच्न गृह प्रशसनले मास्क लगाउन निर्देशन दिएको भएपनि अटेरि गरेको भन्दै प्रहरीले १५ जनालाई एक सय रुपैयाँका दरले जरीवाना गरेको हो । शनिबार दिउँसो पुलमा माक्स नलगाइ पुगेकाहरुलाई पक्राउ गरि जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पुलमा भिड बढेको र कोरोना महामारीमा सरकारले माक्स अनिवार्य लगाउन अनुरोध गरेपनि अटेर गरि माक्स नलगाएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले १० जना पुरुष र ५ जना महिलालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर जरीवाना पछि सम्झाईबुझाई गरी पठाएको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->