सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गलकोटले बनायो डिजिटल प्रोफाइल

गलकोटले बनायो डिजिटल प्रोफाइल

रोर्वट्स आइटी कन्सेप्ट प्रा.लि.ले १६ लाखको लागतमा प्रोफाइल बनाइदिएको हो


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७७, बुधबार

बागलुङ, २१ साउन– गलकोट नगरपालिकाले पहिलोपटक डिजिटल प्रोफाइल बनाएको छ । साथै आवधिक योजना बनाएर सार्बजनिक पनि गरेको छ । मंगलबार गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रोफाइल सार्वजनिक गरे ।
नगरपालिकाको सबै वस्तुस्थिती समावेश गरिएको प्रोफाइलले योजनाबद्ध विकासका लागि उपयोगी हुने समेत उनले बताए । संसारका जुनसुकै स्थानबाट नगरपालिकाको प्रोफाइल हेर्न पढ्न सकिने तथा त्यसबाट भएका कामको अनुगमन गर्न सकिने व्यवस्थापनका लागि नगरपालिका अगाडि बढेको उनले बताए ।
उनले चालु आर्थिक वर्षको बजेटसमेत प्रोफाइलमा राखेर विकास निर्माणमा जनताको चासो र सहयोग गर्ने वातावरण बनाउन लागेको बताए । उनले सबैलाई योजनाको सफलताका लागि साथ दिन पनि आग्रह गरे । रोर्वट्स आइटी कन्सेप्ट प्रा.लि.ले १६ लाखको लागतमा प्रोफाइल बनाइदिएको हो ।
उक्त अबसरमा सहभागीले नगरपालिकाको योजना निर्माणमा जस्तै काम गराइ र त्यसको प्रतिफल दिनमा पनि सफल हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा नगर उपप्रमुख रेनुका काउचा, वडा नं. ३ का अध्यक्ष विरजंग भण्डारी, नेकपाका प्रतिनिधि कौशिला घर्ती, कांग्रेसका यज्ञप्रसाद सापकोटा, राजमोका पदम श्रेष्ठ, गलकोट बहुमुखी क्यामपसका प्रमुख कृष्ण प्रसाद गौतम, गलकोट माविका प्रअ देवेन्द्र बहादुर खत्री, गलकोट उद्योग वाणिज्य संघका अध्यक्ष बिरेन्द्र श्रेष्ठ र पत्रकार बीर बहादुर चोखालले बोलेका थिए । डिजिटल प्रोफाइलबारे आइटी इन्जिनियर अर्जुन चालिसेले प्रष्ट पारेका थिए ।
यस्तै, मंगलबारै आगामी आर्थिक बर्ष २०७८÷०७९ सम्मको तीनवर्षे आवधिक विकास योजना पनि जानकारी गराइएको थियो । नगरपालिकाले हालसम्म विपद व्यवस्थापनतर्फ विभिन्न संस्था र व्यक्तिबाट १ करोड १५ लाख ४५ हजार २ सय ९७ रुपैयाँ कोषमा जम्मा गरेको गैरेले जानकारी गराएका थिए । अहिलेसम्म १ करोड ३ लाख १ हजार ६ सय ४० रुपैयाँ खर्च भएको पनि जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->