बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रक्तदानमा जुटौं, अभाव हुन नदिऔं

रक्तदानमा जुटौं, अभाव हुन नदिऔं


  • Dhorpatan News
  • भाद्र ९ २०७७, मंगलबार

देश महामारीमा छ । कोरोना कहरले देशलाई गाँजेको बेला जतिबेला पनि रगतको जरुरत पर्छ । तर, पोखरासहित देशभर रगतको अभाव देखिएको छ । रगतको अभावकै कारण मान्छेले मृत्युवरण गर्ने अवस्था सृजना हुने खतरा बढेको सरोकारवालाहरुले बताएका छन् । पोखरामा ‘ए’ र ‘एबी’ पोजेटिभ रगतको अभाव देखिएको छ । बिरामीको लागि आवश्यक पर्ने ओ र बि प्लाज्माको समेत कमी भएको छ । रक्तसंचार केद्र पोखराका अनुसार ‘ए’ पोजेटिभ १ सय युनिट मात्रै छ भने ‘एबी’ पोजेटिभ त ६५ युनिटमा झरेको छ । ‘ओ’ पोजेटिभ रगत २३३ र बी पोजेटिभ १३३ युनिट रहेको रक्त संचार केन्द्रले जनाएको छ । ठूलो भवितव्य नहोस्, कामना गरौं । अन्यथा यो खतराको संकेत हो । पोखरामा सामान्यतया ः दैनिक विभिन्न रक्त समूहको ८५ युनिट रगत चाहिन्छ । सुत्केरी र दुर्घटनालगायतका घटनामा बृद्धि हुँदा यो मात्रा अझ बढ्छ । ब्लड बैंकमा रगत कम हुँदा तत्काल रगत नपाइने अवस्था सृजना हुनसक्छ ।
लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण रक्तदानलगायतका कार्यक्रमको प्रभावित भएका छन् । मानिसहरु घरमै खुम्चिएर बस्दा रगत दिनेतर्फ ध्यान पुगेको छैन । रक्तदानबारे जनचेतना बढाउने अभियानहरु संचालन भए पनि त्यो सन्देश आम नागरिकसम्म अझै पुगेको छैन । रगत दान दिँदा शक्ति क्षीण हुन्छ भन्ने भय र भ्रम अध्यावधि छँदैछ । यी यावत् विषयको निरुपण गर्नु एकातिर छ भने तत्कालको आवश्यकता पूर्ति गर्नुपर्ने अर्कोतिर रहेको छ । रगतको अभाव भएपछि नेपाल रेडक्रम सोसाइटीलगायतका संस्थाहरुले रगत दानको आह्वान गरेका छन् । यो सन्देश आम नागरिकसम्म पु¥याउनु जरुरी रहेको छ । रगतको अभाव पूरा गर्न पोखरामा पहिलो पटक रक्त संकलन मोवाइल भ्यान संचालनमा पनि ल्याइएको छ । रगत दान गर्ने व्यक्तिहरुको घरआँगनमै पुगेर सो भ्यानले रगत संकलन थालेको छ । नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको सो भ्यानमार्फत् केही रगत जम्मा भएको छ । रक्तदाताहरुले घरआँगनमै रगत दिएका छन् । यो सकारात्मक पक्ष हो । त्यतिले मात्रै समस्याको हल हुँदैन । देशका अन्य भागमा रगतको अभाव हुँदा पोखराबाट आपूर्ति हुँदै आएको इतिहास बिर्सनु हुँदैन । निश्चय पनि परिस्थिति प्रतिकुल छ । प्रतिकुलताले गर्दा रक्तदातालाई रक्त संचार केन्द्रसम्म पुग्नै कठीन छ । यो कठीनतालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीलगायतका संस्थाहरुले इच्छुक दातालाई त्यहाँ पु¥याउने अभियान चलाएका छन् । यो अभियानलाई सबैले सघाउनुपर्छ । अर्कोतर्फ संकटको क्षणमा सामाजिक संघ÷संस्थाहरुले अभियान नै चलाएर रक्तदान गराउने पहल थालिनुपर्छ । मान्छेको जीवन अमूल्य छ । रगत अभावकै कारण कसैले ज्यान गुमाउने अवस्था आउन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नैपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->