बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भेदभाव हैन, भाइचारा बढाऔं

भेदभाव हैन, भाइचारा बढाऔं


  • Dhorpatan News
  • भाद्र १० २०७७, बुधबार

विश्वभर कोरोनाको संक्रमण बढेपछि लकडाउन भएको छ । सबै नागरिकलाई घर भित्र बस्न भनिएको छ । चाहेर पनि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीहरु घर भित्र बस्न पाएका छैनन् । उनीहरुले नियमित आफ्नो कर्ममा खटिनुपर्छ । स्वास्थ्यकर्मीहरु अझैबढी जोखिम मोलेर संक्रमित र संभावितहरुको स्वाब संकलन, उपचार र अस्पतालहरुको व्यवस्थापनमा खटिनु पर्दा धेरै मानसिक र सामाजिक अप्ठ्याराहरु भोग्नु परेको छ । हरेक नाकाहरुमा प्रवेश रोक्ने, आएकाहरुको पहिचान खोजीगर्ने काममा सुरक्षाकर्मी खटिएका छन् । संचारकर्मीले समाचार र जनतालाई सूचितगर्नकालागि रातदिन नभनी खटिने अबस्था छ ।
कर्मचारी भएपनि घरै बसेर तलब खान पाएका छन् । बन्द भएपनि कालोबजारी हुन नदिन राज्यका संयन्त्र परिचालित छन् । कालोबजारी, अभाव देखाउने काम भएमा कारवाही गरिने व्यवस्था छ । तर घरमै बस्न पाउने सुबिधा भएकाहरु सडक, बजार र टोलमा जथाभावी हिडेका छन् । उनीहरुप्रति गरिएको आब्हान उनीहरु स्वयंले बहिस्कार गरेका छन् । फलस्वरुप समुदायमा कोरोना संक्रमण देखिन थालेको छ । समुदायमा देखिएपछि एक व्यक्तीले अर्कोमा सार्ने क्रम बढेको छ । लक्षण नदेखिएर सर्ने भएपछि यो ग्राफले आफ्नो उचाइ बढाइरहेको स्पष्ट देखिन्छ । राजधानी काठमाणडै सहितका ठूला सहर र बागलुङ सम्म यसले समुदायलाई अछुतो राखेको छैन ।
आम नागरिक सचेत बन्नुपर्ने समय यो हो । आफ्नो नैतिकता प्रद्र्धशनगर्ने बेलामा पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि अमानवीय व्यवहार गर्ने क्रम पनि बढेको छ । स्वास्थ्यकर्मी भनेपछि डेरा नदिने, दिइएका डेरामा पस्न नदिने, छोइछिटोको व्यवहार गर्ने क्रम भैरहेको छ । साथै बिरामीको उपचार भएन, हेरेन भनेर आक्रमण पनि गर्ने क्रम बढेको छ । मानौ एउटा स्वास्थ्यकर्मी पहिला त्यही घरमा प्रवेशमा रोक लगाइएको छ । त्यसपछि त्यही घरको बिरामी भयो भने हेरिदिएन भनेर दुव्र्यबहार पनि छ । अर्थात आफ्नो समस्याकालागि स्वास्थ्यकर्मीले हेरिदिनुपर्ने, जाँच गरिदिनुपर्ने, अर्कालाई उपचार गराएको आधारमा घर, डेरा र समुदायमा छिर्न नदिने अमानवीय काम भैरहेको हो ।
स्वास्थ्यकर्मी समुदायको सदस्य हो । उसले चाहेरपनि घरमा बस्न पाएको छैन । संक्रमणमा परेका देखि अन्य दुर्घटना र बिरामीलाई उपचार दिनु परेको छ । उनीहरु माथीनै ऋखलाबद्ध आक्रमणहरु भैरहेका छन् । त्यसमा बौद्धिक बर्गपनि मौन छ । प्रतिक्रिया दिन सकेको छैन । यस्तो अबस्था कति दिन सम्म रहने हो ? कोरोना संक्रमण अहिले १० प्रतिशतमा होला । तर यो बढेर क्रमश उकालो लाग्दा हरेक नागरिकको घरमा संक्रमण हुने खतरा छ । हाम्रा बानी व्यवहार, सामाजिक दुरी कायम गर्ने र स्वास्थ्य सामाग्री प्रयोग गर्नमा वेवास्ता गर्दा त्यो संक्रमण टाढा पनि छैन । तर अहिले देखि अभद्र व्यवहार गरिरहेको स्वास्थ्यकर्मीलाई आँफू समस्यामा परेपछि भने फेरी बोलाउनुपर्ने अबस्था अबस्य आउनेछ । त्यतिबेला हाम्रै इज्जत कता जाला ? हो स्वास्थ्यकर्मीले आफ्नो पेशागत दृष्टीले अहिले सम्म भेदभाव गरेका छैनन् । एकादुइले केही कमजोरी गरेपनि पेशागत रुपमा यो सेवाको काम पनि हो । तर एकदुइजनाको कमजोरीलाई टेकेर समग्र पेशामाथि आक्रमण बढ्न थाल्यो भने भोलीका दिनमा हुने अन्य धेरै दुर्घटना, स्वास्थ्य जटिलता लगायतमा आम जनताले सास्ती भोग्ने अबस्था आउनेछ । त्यसैले समयमै सोचेर सबै जनताप्रति भाइचाराको व्यवहार गर्न सिक्ने की ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->