शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

देशभर ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा ४१५

देशभर ९२७ जनामा कोरोना संक्रमण, उपत्यकामा ४१५


  • ढोरपाटन संवाददाता
  • भाद्र १२ २०७७, शुक्रबार

काठमाण्डौ, १२ भदौ– शुक्रबार देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार २२९ वटा स्वाब परीक्षण हुँदा ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएके छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको हुनेको संख्या २० हजार २४२ जना रहेको छ । हाल १६ हजार १९ जना आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->