पोखरा, १८ भदौ-बागलुङको ढोरपाटन नगरपालिकाका बाढीपहिरो पीडितलाई राहत सामग्री र स्वास्थ्य विज्ञ लिएर उडेको नेपाली सेनाको हेलिकप्टर खराव मौसमका कारण पोखरा विमानस्थलमा अवतरण गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रतिनिधिसभाका सांसद देवेन्द पौडेल लगायतको टोली लिएर काठमाडौंबाट उडेको सो हेलिकाप्टर मौसम खराबी कारण विचबाटोबाट फिर्ता भई पोखरा विमानस्थलमा अवतरण गरेको सांसद पौडेलले वताए । हेलिकोप्टरमा गृहमन्त्री थापा, सांसद पौडेल, विपत विज्ञ, स्वास्थ्यकर्मी सहित ११ जनाको टोली थियो ।





