काठमाडौं, १९ भदौ – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४४ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घन्टामा डिस्चार्ज १३ सय ५४ भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो । पीसीआर परीक्षण १३ हजार ६ सय ८० जनाको गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप १४ जनाले ज्यान गुमाएका छन् । मृतकमा महिला ४ र पुरुष १० जना रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमले थप १४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २७१ पुगेको जानकारी दिए ।





