बागलुङ. २१ भदौ – नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिएसँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा आउन थालेका छन् । महान चाड बडादशैंलाई कामको सिलसिलामा टाढाटाढा भएका परिवार एकैसाथ भेट भएर रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ । आशीर्वाद थाप्ने र रमाइलोको रौनकलाई दशैं तिहार विशेष गीतले पनि छुट्टै रौनकता थप्ने गर्दछन । लोकदोहोरी गीत प्रेमी आमश्रोता, दर्शक चाडवाड नजिकिदै गर्दा यस्तै गीत संगीतको बेग्लै प्रतिक्षामा रहन्छन् ।
नेपाली लोकदोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक हुन बहुचर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री । बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सकृय छन । सिसा टल्केको गीती एल्वमबाट आफनो सांगितिक यात्रा तय गरेका खत्रीले नेपाली गीतसंगीतको बजारमा हजारौं गीत श्रोता र दर्शक सामु प्रस्तुत गरिसकेका छन । हरेक विषयवस्तुलाई गीत संगीतमा उतार्न सक्ने खुबी छ गायक खत्रीमा । उनले लोकदोहोरीमा आफुलाई निकै अब्बल सावित गरिसकेका छन । आफनै लय शब्द र स्वरमा कहिले भरिया, कहिले बेपत्ता परिवार, कहिले किसान, कहिले लाहुरे, कहिले विदेशमा रहेका नेपालीको पिडा, माया प्रेमसँगै सहिदका सपना लगायतका गीतहरु मार्फत नेपाली लोकदोहोरी क्षेत्रमा एक नक्षत्रको रुपमा स्थापित भईसकेका छन । वि.सं. २०५७र०५८ तिरबाट गीत संगीतमा प्रवेश गरेका गायक खत्रीले दशैं तिहारमा प्रत्येक वर्ष नयाँ गीत श्रोता दर्शक माझ प्रस्तुत गर्दै आउने गर्र्दछन । यसैक्रममा यसपालीको दशैंमा पनि विल्कुलै नयाँ गीत ूरिनै रिनकोू बजारमा ल्याएका छन् । आफनै युट्युव च्यानल मार्फत उक्त गीत उनले आईतवार विहान रिलिज गरेका छन् । गीत रिलिज भएको केहि घण्टामै आमश्रोता दर्शकको उल्लेख्य माया पाएको छ ।
गायक खत्रीले बजारमा ल्याएका सबैजसो गीतमा आँफ्नै शव्द र लय सिर्जना रहेकोमा पछिल्लो गीतमा पनि यसको निरन्तरता देख्न सकिन्छ ।
गीतले नजिकिदै गरेका चाडबाडमा हाम्रो परिवेश, जनताको आवाज अनि समाजको वास्तविक विषयवस्तु उठान गरेको छ। आइतवार सार्वजनिक भएको दशैं गीत रिनै रिनको गीतको म्युजिक भिडियो पनि निकै मर्मस्पर्शी देखिन्छ । नेपालको समाजको वर्षौ खिको रेमिट्यान्समा बाँच्नुपर्ने विवशतालाई जिवन्त ढंगले गायन र भिडियो मार्फत प्रस्तुत गरिएको छ । उसो त खत्रीका यस अघिका भरिया दाइ, किसानी दाइ, कि सास चाहियो, कि लास चाहियो जस्ता दर्जनौ गीतहरु पनि सामाजिक यथार्थतासँगै जोडिएर आएका छन् । नेपाली लोक संगीतमा लामो समय चर्चाको शिखरमा रहेका गायक खत्रीले कोरोना संकटका बीच नेपालीको बाध्यतालाई दर्शक श्रोता माझ ल्याएको बताए । खत्री यस्ता कलाकार हुन्, जसले आफ्ना सबैजसो गीतमा शव्द, लय र आवाज आफै कुशलतापूर्वक प्रस्तुत गर्ने सामथ्र्य राख्छन् । यो गीतमा शव्द पनि उत्तिकै हृदयस्पर्शी छ ।
आकाशबाट बाकसमा नआए
ढोका खोल भन्नेछु म आए

बाउ त बने बाउ जस्तो भैन म
हेर्नै छोडे आफ्नो मुख ऐनामा
रिनै रिनको….
गायक खत्री र गायिका पूर्णकला बिसीको आवाजमा रहेको गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् । यसमा मोडल सारिका केसी र ओवी रायमाझीको अभिनय छ । गीतमा पारिवारिक वेदना, प्राकृतिक विपति लगायतका विषयवस्तु समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियो तलको लिंकमा हेर्नुहोस् ।
https://youtu.be/Q69neaiKxO4