पोखरा, ३० भदौ– भूपेन्द्र तुम्बाहाङफे र किरण चाम्लिङले निर्देशन गरेका म्युजिक सार्वजनिक भएको छ । गायक साजन राईको स्वरमा रहेको ‘गाउँ घरै रमाइलो’ बोलको गीतको भिडियोमा ‘सुन साइँली’ बोलको गीतमा रुचाइएको जोडी गौरव पहारी र मेनुका प्रधानलाई एक साथ देख्न सकिन्छ । गीतको भिडियोमा उनीहरु प्रेमिल जोडीका रुपमा प्रस्तुत भएका छन् । गीतमा रमेश कार्कीको शब्द तथा गायक राईकै संगीत छ । भिडियोलाई निर्देशक भूपेन्द्रले नै खिचेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् ।
भिडियो…





