सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर नेपालमा ६ म्याग्निच्यूडको भूकम्प

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर नेपालमा ६ म्याग्निच्यूडको भूकम्प


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

काठमाण्डौ, ३१ भदौ– नेपालमा भूकम्पको कडा धक्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर २० मिनेटमा करिब १० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको हाे । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लाेकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडकाे भूकम्पको धक्का महसुस भएको हाे । ​सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु रहेको ६.० ML को भुकम्प २०७७ भाद्र ३१ गते बिहान ५.१९ मिनेटमा ।

स्रोतः राष्ट्रिय भुकम्प मापन केन्द्र An #earthquake of ML 6.0 epicenter #Sindhupalchok, #Nepal at 5:19 am on 16 September 2020. Source: National Seismological Center pic.twitter.com/fhaAAmgcEn — NDRRMA (@NDRRMA_Nepal) September 16, 2020 p> याे भूकम्पको धक्का खाेटाङ, भाेजपुरसहितका पहाडी जिल्लामा पनि महसुस भएको छ । काठमाडौंमा पनि भूकम्पको कडा धक्का महसुस भएको छ। भूकम्पको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन। उज्यालो हुने समयमा मानिसको चहलपहल हुन थालेका बेला भूकम्प गएको हाे । भूकम्पको धक्कापछि मानिसहरू घर बाहिर निस्किएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->