बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

संविधान र जनअपेक्षा

संविधान र जनअपेक्षा


  • Dhorpatan News
  • असोज ६ २०७७, मंगलबार

७० बर्षदेखिको नेपालीको संघर्षपछि जनताकै प्रतिनिधिले पहिलो पटक संविान जारी भएको पाँच बर्ष पुगेको छ । संविधानले पहिलो पटक गणतन्त्र, धर्म निरपेक्षता, समावेशीकरण जस्ता बिषय समावेश गरेको छ । निरंकुशताबाट मुक्त भएका नेपालीले जनप्रतितिधिबाटै शासित हुने व्यवस्था ल्याएका हुन् । जनताबाटै निर्वाचित प्रतिनिधि राष्ट्रपति र प्रधानमन्त्री हुने व्यवस्थाले निरंकुशता समाप्त भएको छ । सुखी नेपाली र समृद्ध नेपालको खाका निर्माण थालिएको छ ।
संविधान जारी भएपछिको संसदीय, स्थानीय र प्रदेश निर्वाचन सम्पन्न भैसकेका छन् । सिंह दरबारले मात्र राज्य गर्ने नेपाल अहिले ७ सय ५३ सरकार मार्फत जनताको सुखदुःखमा साथ दिने, बिकास निर्माण गर्ने अबस्थामा आइपुगेको छ । सरकारले पनि कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधारको बिकास गरेर जनतालाई रोजागर दिने योजनामा छ । आम नेपालीलाइ सुखी बनाउने र समृद्धिको बाटोमा हिडाउने प्रण लिएको सरकारले आवस्यक पूर्वाधार पनि बनाइरहेको छ ।
तर उर्लदो चाहना राखेका नेपाली जनतालाई धिमा गतिको बिकास र अन्य संरचनात्मक बिकासले चित्त बुझेको छैन । बरु आम जनताले तत्काल परिवर्तन चाहेका छन् । त्यो परिवर्तन भनेको दिर्घकालिन बिकास, शिक्षा र स्वास्थ्यमा सुधार र पहुँच बिस्तार हो । सामाजिक न्याय हो । बर्षौदेखि बिभेदमा रहेका नेपालीले अब अधिकार पाउनुपर्छ भन्ने हो । राजनीतिक अधिकारले राज्य व्यवस्थाप, शासकीय सुधार जस्ता काममा परिवर्तन ल्याइसक्यो । दशकदेखि सिंहदरवार छिरेका नेताहरु आर्थिक रुपमा पनि सम्पन्न भैसके । उनीहरुलाइ मतदान गर्ने जनता अझै बिपन्न छन् । दुइ छाक खाने वातावरण बनिसकेको छैन । छोराछोरीलाई शिक्षा र स्वास्थ्य सेवा दिलाउन लाखौं खर्चने बाध्यता उनीहरुको हटेको छैन । महंगी बढेको बढ्यै छ । जनजीविकाको सवालमा राज्यले काम गरेको छैन भन्ने गुनासो आइरहेको छ । यो गुनासोका बीच अझैपनि संभावनाका खोजीपनि भैरहेको छ ।
सरकारको सिंगो बिकास महत्वकांक्षा अत्याधिक आशाबादी छ । तर सबै पात्र जनताको भावना बुझ्ने छैनन् । बरु एकादुइबाटै भएपनि जनताले सास्ती भोग्ने अबस्था जारी छ । ठूला अंकका भ्रष्ट्राचारले जरो गाडेको छ । राज्य संचालनकालागि छानिएका एकदुइ पात्र भ्रष्टाचारमा लिप्त भैंदिंदा आम जनताले सरकारलाई नकारात्मक रुपमा लिएका छन् । तरपनि संविधान कार्यान्वयनको ५ बर्ष सकारात्मक छ । संविधान मान्दैमान्दैनौ भन्ने शक्तिहरु सरकारमा पुगेका छन् । कोरोना कहरका बीच राज्यले करराजश्व संकलन गरेको छ । बिकासका पूर्वाधार तयार पनि भएका छन् । यद्यपी जनतालाई बिकासको प्रतिफल नगदमा चाहिएको छ । अर्थात बर्षौदेखि अधिकार नपाएका जनतालाई अधिकार चाहिएको छ । सामाजिक बिभेद निमिठ्यान्न भएको देख्न चाहन्छन् । अपराध शुन्यमा झरेको देख्न चाहन्छन् । भ्रष्टाचार निर्मुल भएमा राज्यको लगानी जनताको घरदैलोमा पुग्छ भन्ने चाहना राख्छन् । त्यसकालागि अभैmपनि राज्य गम्भिर बन्नुपर्छ । बिकासको नाउँमा बिनास हुने स्थानमा लगानी गर्नुको साटो दिगो बिकास र स्वरोजगार मूलक क्रियाकलाप थाल्नुपर्छ । संविधान दिवश मनाइरहँदा अब राजनीतिक नेतृत्वमा जनताको दुःख बुझ्ने, परिवर्तनको चाहना आंकलन गर्न सक्ने क्षमता बिकास हुनुपर्छ । सफलताको मार्गमा अगाडि बढेको संविधानले सयौं दिवशहरु मनाउने अबसर प्राप्त गरोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->