मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

जैमिनीका पहिरो पीडितलाई जिल्ला सहकारी संघको राहत

बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७७, मंगलबार

बागलुङ, ६ असोज– जैमिनीका पहिरो प्रभावित ७ परिवारलाई जिल्ला सहकारी संघ बागलुङ र बागलुङ समाज पोर्चुगलले २ लाख रुपैयाँ राहत रकम प्रदान गरेको छ । मंगलबार संघले जैमिनीका पीडितको घरमा पुगेर राहत रकम हस्तान्तरण गरेको हो ।
संघले पहिरोमा परी मृत्यु भएका परिवारका सदस्यलाई जनही १५ हजारका दरले र घर क्षतिग्रस्त बनेका परिवारलाई ९ हजारका दरले आर्थिक सहयोग गरेको हो ।
यस्तै, बागलुङ समाज पोर्चगलका तर्फबाट मृतकका परिवारका सदस्यलाई जनही १५ हजार ५५ र घर क्षतिग्रस्त बनेका परिवारलाई जनही ९ हजार १ सय ४० रुपैयाँका दरले आर्थिक सहयोग गरेको सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।
बागलुङबाट पोर्चुगलमा गई विभिन्न पेशा व्यवसायमा रहेकाहरुले गठन गरेको बागलुङ समाज पोर्चुगलका तर्फबाट पहिरो पीडितहरुको सहयोगार्थ १ लाख रुपैयाँ रकम सहयोग भएको राष्ट्रिय सहकारी बैंकका सञ्चालक राम बहादुर जिसीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->