बागलुङ, ८ असोज– अबिरल बर्षात पछि गोठ भत्केर काठेखोला गाउँपालिका-२ भीमापोखरामा बेपत्ता भएका पुरुषको शव फेला परेको छ । बुधबार साँझ गोठमाथीबाट आएको पहिरोले भीमापोखराको बास्बोट भन्ने स्थानका ५४ बर्षिया टेकबहादुर खातीलाई बेपत्ता बनाएको थियो । बिहिबार बिहान नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले पहिरो पन्छाएर खोजी गर्दा उनको शव फेला परेको प्रहरी निरीक्षक दिपक रेग्मीले बताए । ढुंगामाटोको गोठ अचानक बुधवार साँझ भत्केको हो । गोठ भत्केको थाहा पाएपछि अक्षेते स्थित प्रहरी चौकीका सहायक निरिक्षक बिनय रेग्मीको नेतृत्व टोली बुधबार साँझनै घटनास्थल पुगेको थियो । बिहिवार जिल्लाको उद्धार टोलि पुगेपछि मात्रै खातिको शव फेला परेको हो । गोठमा एक भैसी सहित अन्य चौपाया पनि मरेका थिए ।





