मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

पहिरोले बिहुँ कर्लिमका चार घर जोखिममा

पहिरोले बिहुँ कर्लिमका चार घर जोखिममा

दुई गोठ पहिरोले पु¥यो, चौपाय सारेर बचाईयो


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०७७, शुक्रबार

बागलुङ, ९ असोज– बस्तीमाथीको जमिन धाँजा फाँटेर जोखिममा रहेको काठेखोला गाउँपालिका–५ कर्लिममा पहिरोले तीनगोठ पुरेको छ । गत साउन ३ गतेको वर्षापछि घरगोठ माथीको जमिन फाँटेर जोखिममा रहेको कर्लिममा बिहिबार बिहानको वर्षापछि पहिरो गएको हो ।
पहिरोले स्थानीय मुक्तिराम सुवेदी, उमानन्द सुवेदी र बम बहादुर जिसीको गोठमा क्षति पु¥याएको छ । पहिरोका कारण मुक्तिराम सुवेदी र जयलाल गौतमको घर उच्च जोखिममा परेको पीडित सुवेदीले बताए । गोठमा रहेका पशुचौपाया पहिरो खस्न थालेपछि सुरक्षित स्थानमा सारिएको छ । सुवेदी र गौतम परिवार छिमेकीको शरण बस्दै आएका छन् ।
गाउँमाथीको जमिन धाँजा फाँटेकाले गाउँनै पहिरोको जोखिममा रहेको सुवेदीले बताए । कर्लिमकै अर्को गाउँमा पहिरोका कारण दुईघर जोखिममा परेका छन् । कर्लिमका भिम सुवेदीको घरगोठ र रुपा रिजालको घरगोठ पहिरोको जोखिममा परेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->