बागलुङ, १२ असोज– विन्दु परियार र बिक्रम परियारको प्रस्तुती रहेको गीत ‘दिलको राजधानी’ बजारमा आएको छ । स्पष्ट खवर मिडियाले गीतकोलाई बजारमा ल्याएको हो । सर्जक राजेश बर्देवाको संगीत संकलन तथा म्यूजिक एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा लोकप्रिय नायीका शिल्पा कार्की र मोडल तथा गायक दुर्गेश थापाले अभिनय गरेका छन् । गीतमा बिन्दु परियार र गायक बिक्रम परियारको स्वर रहेको छ । आषिश अविरल तथा किस्मत अविरलले मिक्सीङ गरेको गीत राग स्टुडियोमा रेकर्ड भएको हो । गीतमा कृष्ण कँडेल मित्रको शब्द रहेका छन् । विक्रम चौहानले निर्देशन तथा कोरियोग्राफी गरेको गीतमा प्रकाश खड्काको छायाँकन तथा मिलन विश्वकर्माको सम्पादन रहेको छ । गीतको म्युजिक भिडियो राजेश बर्देवा युट्युव च्यानल मार्फत बजारमा आएको हो ।
भिडियो…





