सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

११ जना फरार प्रतिवादी पक्राउ

११ जना फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज १३ २०७७, मंगलबार

बागलुङ, १३ असोज– जिल्ला प्रहरी कार्यालय बागलुङ अदालतबाट फैसला भएर कैंद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ११ जना प्रतिवादी मंगलबार पक्राउ गरेको छ । जिल्लाका विभिन्न प्रहरी बिटको सहयोगमा विभिन्न मुद्दाका प्रतिवादी पक्राउ परेका हुन् ।
चोरी मुद्दामा २ महिना ७ दिन कैंद सजाय भुक्तानी गर्न बाँकी रहेका ढोरपाटन नगरपालिका–२ का प्रकाश छन्त्याल र सोही ठाउँका ७ दिन कैद बाँकी रहेका अर्का प्रकाश छन्त्याललाई प्रहरी पक्राउ गरेको हो । चोरी मुद्दामा २ हजार रुपैयाँ जरिवाना तोकिएका नाम वतन खुल्न बाँकी रहेका काठेखोला गाउँपालिका–६ का दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।
सवारी ज्यान मुद्दामा ४ महिना १७ दिन कैद सजाय बाँकी रहेका बागलुङ नगरपालिका–१३ का गणेश रिजाल र २ हजार जरिवाना, पाँच दिन कैद सजाय बाँकी रहेका साविकको दर्लिङ गाविस–६ का बलिराम गुरुङ पक्राउ परेका हुन् ।
लागुऔषध मुद्दामा २ हजार रुपैयाँ जरिवाना बाँकी रहेका साविकको निसीखोला गाविस ९ का दिलकुमारी मगर, केही सार्वजनिक अपराधमा ७ हजार ५ सय ७५ जरिवाना बाँकी रहेका बागलुङ नगरपालिका–७ का याम बहादुर क्षेत्री, १ हजार ४ सय ५० जरिवाना बाँकी रहेका साविकको पाला गाविस ५ का सुजन थापा र १ हजार ४ सय ५० नै जरिवाना बाँकी रहेका सोही ठाउँका सौरभ राना पक्राउ परेका हुन् ।
त्यस्तै सार्वजनिक अपराध मुद्दामा ८ सय जरिवाना भुक्तान गर्न बाँकी रहेका साविकको बोहोरागाउँ–७ का यामबहादुर घर्ति मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबैलाई मंगलबार नै अदालत पेश गरिएको र कानुनबमोजिम कारवाही प्रक्रिया अघि बढाईएको प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->