मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

हेलिकप्टरबाट वडिगाडकी सुत्केरीको उद्धार

हेलिकप्टरबाट वडिगाडकी सुत्केरीको उद्धार


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– स्थानीय स्वास्थ्यचौकीमा सुत्केरी भएपछि रक्तश्राव नरोकिएपछि समस्यामा परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । बागलुङको वडिगाड गाउँपालिका–८ नेटाखर्ककी ३७ वर्षीया खगीस्वरा सुनारकलाई आईतबार दिउँसो उद्धार गरी थप उपचारका लागि पोखरा लगिएको छ ।
आइतबार राती बिहानसुनुवारले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । बच्चा जन्मेपछि लगातार रगत बगेपछि थप उपचारका लागि पठाउनु परेको गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले जानकारी दिए ।
दुवै बच्चाको तौलसमेत औषतभन्दा निकै कम छ । गाउँपालिका अध्यक्षले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा सम्पर्क गरेर हेलिकोप्टर झिकाएका थिए । दिउँसो आएको हेलिकोप्टरले सुनारलाई गण्डकी अस्पताल पोखरामा पु¥याएको छ । अहिले उनको स्वास्थ्यमा सुधार भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->