मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

वृद्ध दम्पत्तिको सम्पत्ति लुटियो

वृद्ध दम्पत्तिको सम्पत्ति लुटियो


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७७, आइतबार

बागलुङ, १८ असोज– हतियारको डरधम्की देखाएर केही युवाले बागलुङको गलकोटका वृद्ध दम्पत्तीको सम्पत्ति लुटेका छन् । गलकोट नगरपालिका वडा नं. २ का ६५ वर्षका गोरबहादुर भण्डारीको ९ तोला सुन र गहना र नगद ६५ हजार लुटेका हुन् ।
रातको समयमा आएका युवाले प्रहरी हौं, तपाइको घरमा के लुकाएको छ भन्दै छापा मार्ने शैलीमा चोरी भएको बताइएको छ । पहिला प्रहरी हौं भन्दै बेलुकी साँढे सात बजेको समयमा पसेका थिए । खानतलासीको शैलीमा ६ जना युवाले भण्डारीको घरमा लुटपाट मच्चाएका हुन् ।
पहिला घरमा रहेका बुढाबुढीको हातखुट्टा बाँधेछन्, त्यसपछि चोरी गरेछन् । हारगुहार केही नभएपछि छिमेकीले भोलीपल्ट मात्रै थाहा पाएकोले उजुरी समेत ढिला भएकोले खोजीमा समस्या परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए । लुटपाट गर्ने युवाको खोजी भैरहेको उनले बताए ।
संगठित रुपमा आएकाले सम्पत्ति लुटेर भागेपछि गाउँमा खतरा बढेको वडा अध्यक्ष हेमन्त भण्डारीले बताए । उनले शंकास्पदको खोजी भैरहेको समेत बताए । गाउँमा बुढाबुढी मात्रै बसेको घरमा चोरी भएकोले हारगुहार पनि नभएको हो ।
पीडित भण्डारीका एक छोरा छन् । उनी काठमाण्डौमा होटल संचालन गरेर बसेका छन् । ६ वटी छोरी सबै बिहाबारी भएर घर गएका छन् । तीजमा आउँदा एक छोरीले गहना पनि छाडेर गएकोले वृद्वको साथमा धेरै सुन देखिएको बताइएको छ । पीडितले आफ्नो लुटिएको सम्पत्ति खोजी गरिदिन र लुटेरालाई कारवाही गरिदिन आग्रह गर्दै वडा तथा प्रहरीमा उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->