बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सार्वजनिक यातायात र सुरक्षा

सार्वजनिक यातायात र सुरक्षा


  • Dhorpatan News
  • असोज २० २०७७, मंगलबार

असोज र कात्तिक महिनामा मुक्तीनाथ जानेहरु लाखौं हुन्थे । पोखरा देखि मुक्तीनाथ सम्म दैनिक सयौं सवारीमा कोचाकोच यात्री हिडेको देख्दा धेरैले मुस्ताङ घुम्ने चाहना राख्थे । कतिपय मानिस जहाज चढेर पुग्थे भने धेरैले सवारी साधनमा जाने योजना बुन्थे । तर यो बर्ष काम बिशेषले हिड्नेलाईपनि राज्यले रोक्न बाध्य भएको छ ।
कोरोनाको प्रकोपले दिनदिनै उचाइ लिइरहेको छ । त्यसैले मानिसलाई खुला रुपमा घुम्न प्रतिवन्ध जस्तै छ । असोज १ गतेदेखि सार्वजनिक यातायात खुला भएका छन् । तर पहिला झै कोचाकोच गरेर हिड्न पाउने अबस्था छैन । संक्रमणको दर बढ्ने भएकोले बिशेष सुरक्षा निगरानी गर्नुपर्ने बाध्यता छ । नेपाल सरकारले सार्वजनिक यातायात संचालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड लागू गरेको छ । आम नागरिकलाई उक्त निर्देशिका र मापदण्ड पालनापालना गर्न आग्रह पनि गरेको छ । त्यसको कार्यान्वयनकालागि प्रशासन र यातायात व्यवस्था कार्यालयलाई जिम्मा पनि दिएको छ ।
चाडपर्व नजिक आएको र शरद ऋतुमा भ्रमण गर्ने उपयुक्त मौषम हुने भएकोले पाहुना बोलाउने बेलामा मापदण्ड बिपरित एउटै सवारीमा क्षमता अनुसारको यात्री समेत बस्न नपाउने प्रावधान गर्नु बाध्यता पनि हो । पाहुना स्वागत गर्ने बेलामा यात्रा नगर्नु भन्ने बिषयले अर्थतन्त्रमा असर परेको छ । तर स्वास्थ्य भनदा ठूलो अर्को धन पनि छैन । राज्यलेपनि आम नागरिकको स्वास्थ्य सुरक्षाकैलागि सर्तकता अपनाएर मात्र हिड्न आग्रह गरिरहेको हो । कोरोना संक्रमणको दर बढीरहेकोले सार्वजनिक क्षेत्रमा भेला हुने अधिकार छैन । बस र जिपमा पनि कोचाकोच हिड्न नपाइने व्यवस्था छ । यसले संक्रमणको दर घटाउने र आम नागरिकलाई सचेतना दिनेछ । चाडपर्वको कारण सार्वजनिक यातायात खुला भएको र मानिसको आउजाउ गर्ने क्रम बढेकोले सुरक्षा सर्तकता भने अनिवार्य भएको छ ।
लामो समयको लकडाउनपछि सार्वजनिक यातायात खुला भएकोले जोखिम बढ्नु स्वभाविक पनि हो । बाध्यताले यात्रा गर्नु पनि नागरिकको आबस्यकता हो । तर सक्ने सम्मको सर्तकतामा भने हामीले गम्भिर लापरबाही गरिरहेका छौं । मास्क लगाउने, हातमा सेनिटाइजर, पन्जा र अन्य सुरक्षाको उपाया अपनाउने काममा हामी पछि परेका छौं । सवारी चालकले महंगो भाडा असुल गरेका छन् । तर सार्वजनिक यातायातमा दुरी कायम गराएका छैनन् । पहिलेझै कोचाकोच यात्री राखेर दोब्बर भाडा असुल्नुले पैसा कमाउने उद्देश्य मात्रै देखिन्छ । स्वास्थ्य सुरक्षामा चासो राखेको पाइइएको छैन ।
राजधानीमा अहिले कोरोनाको हटस्पट बनेको छ । यो समस्याबाट पार लगाउने एउटै उपाया भनेको आम नागरिकको सचेतना नै हो । छिटो धेरै मानिसको परीक्षण गर्ने, संक्रमण भएकाहरु सुरक्षित बस्ने, सार्वजनिक यातायातकालागि जारी मापदण्ड कडाइका साथ पालना गर्नेनै अन्तिम बिकल्प हो । पैसा कमाउने नाउँमा बढी यात्री राख्ने, देखाउनकाालागि मात्रै मास्क र सेनिटाइजर राख्ने, बानीले सुरक्षित बन्न सकिंदैन । दशैंकालागि गाउँ पस्नेलेपनि अब सुरक्षा सर्तकर्ता अपनाउने, केही दिन घरमै सुरक्षित बस्ने गर्नुपर्छ । जथाभावी हिड्ने काम नगरेकै कारण संक्रमणको दर सिमित बन्न पुग्छ । आँफू पनि सुरक्षित भइन्छ । सार्वजनिक यातायात खुलाएकै कारण संक्रमण छैन भन्ने सोचबाट सर्तकता नगर्दा देशभरका नागरिक आइसोलेसन बसेर फेरी देशको अर्थतन्त्र ठप्प हुने खतरा बढेको छ । त्यसप्रति सबैजना सचेत बन्नेकी ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->