सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सवारीसाधनमा कोचाकोच किन

सवारीसाधनमा कोचाकोच किन

सरकारले भने आधा यात्री राखेर ५० प्रतिशत सम्म भाडा बढी लिन पाउने व्यवस्था गरेको थियो ।


  • ढोरपाटन संवाददाता
  • असोज २० २०७७, मंगलबार

बागलुङ, २० असोज– सार्वजनिक यातायात संचालन निर्देशिका र यातायात तथा सुरक्षा मापदण्ड पालना नगरी यात्रा गर्नेको संख्या बढेको छ ।
असोज १ गतेदेखि खुलेका सार्वजनिक यातायातका साधनमा सुरक्षा मापदण्ड पालनामा लापरबाही बढेको समेत भेटिएको यातयात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाले बताए ।
गत भदौ २९ गतेको मन्त्रीपरिषद निर्णयले सुरक्षा मापदण्ड बनाएर सार्वजनिक गाडि खुला गराएको थियो । ती साधनका धनी र चालकले लापरबाही गरेको भेटिएको हो । ‘चालकले पनि मास्क लगाएका छैनन्, कोचाकोच यात्री राखेका छन्’ थापाले भने, ‘दोब्बर सम्म भाडा पनि लिएको भेटियो ।’ सरकारले भने आधा यात्री राखेर ५० प्रतिशत सम्म भाडा बढी लिन पाउने व्यवस्था गरेको थियो । अधिकांस सवारी साधनले भेटेजती यात्री राखेर भाडा भने दोब्बर लिएको उनले टिप्पणी गरे ।
सरकारी सबारी साधनमा पनि सामान बोक्ने, बिदाको दिनपनि चलाउने, घुम्न लैजाने गरेको भेटिएपछि कारवाहीको दायरामा ल्याइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । ‘अत्याबस्यक काम परेमा प्रशासनको अनुमतिपत्र दिएर हिड्न दिने, नत्र शनिवार रोक लगाइएको छ’ न्यौपानेले भने, ‘कोरोना संक्रमणबाट बच्नकालागि गरिएको सर्तकता र राज्यको साधन दुरुपयोग रोक्ने काममा अगुवाई गरेका हौं ।’ राजमार्गमा हिड्ने देखि स्थानीय रुपमा चल्ने सवारीले पनि मापदण्ड पालना नगरेको भेटिएको हो ।
निजी सबारी साधनले तीन गुणा सम्म भाडा लिएर यात्री ओसारेको पनि भेटिएको हो । यसरी चल्ने गाडिले ४ जनाको सिटमा ७ जना सम्म यात्री ओसारेको भेटिएको हो । ‘सीट क्षमता भन्दा बढी यात्री राखेको छ, सुरक्षाको मापदण्ड पालना पनि छैन’ राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘रातो प्लेटको दुरुपयोग गरेर कोरोना संक्रमण भित्राउने जस्तो देखिएको छ ।’ अधिकांस सार्वजनिक यातयातका चालकले ट्राफिक देखेपछि मास्क लगाउने गरेको भेटिएको थियो ।
कतिपयले सुरक्षा मापदण्ड पालनाकालागि सम्झाइब्ुझाइ गर्दा लागीगलौज गरेको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवराज पाठकले बताए । ‘दिएको मास्कपनि पल्तिर पुगेपछि फाल्छन्, आफ्नो स्वास्थ्यमा आँफै खेलवाड भएको छ’ पाठकले भने, ‘सेनिटाइजर लगाउने, गाडि सफाइ गर्ने, दुरी कायम गर्ने कुरामा बढी लापरबाही छ ।’ प्रहरी देखेपछि सुरक्षा पेटी बाँध्ने, चेक गरेको ठाउँमा यात्री ओरालेर फेरी चढाएर जोखिम बढाएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय बागलुङले केही दिनदेखि गरेको अनुगमनको क्रममा ९० प्रतिशत चालक र सहचालकले मास्क र पन्जा नलगाएको भेटिएको हो । त्यस्तै १५ प्रतिशत यात्रीले मास्क नलगाएको । अधिकांस सवारीले सेनिटाइजरको प्रयोग नगरेको, ५० प्रतिशत सवारी साधनले क्षमता भन्दा बढी यात्री राखेको भेटिएको हो । बढी यात्री राख्नेमा निजी सवारी साधन थिए । सार्वजनिक यातयातका साधनले सरसफाई, सेनिटाइजर लगाउने जस्ता काममा वेवास्ता गरेको भेटिएको थापाले बताए । लापरबाही गरेकालाई पहिलो पटक पर्चा दिने र सम्झाइबुझाइ पठाउने गरिएको छ । पटके भएको पाइएमा उनीहरुको लापरबाही हेरेर जरिवाना गराउने गरिएको समेत थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->