मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

समृद्धिका लागि कर तिरौं, खर्च बढाऔं : मन्त्री गुरुङ

समृद्धिका लागि कर तिरौं, खर्च बढाऔं : मन्त्री गुरुङ

बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन शिलान्यास ।


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७७, बुधबार

बागलुङ, २१ असोज– बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै प्रशासनिक भवन बनाउने काम बुधबारदेखि सुरु गरेको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास गरेका छन् ।
गाउँपालिका भवनको शिलान्यास गर्दै मन्त्री गुरुङले देश सम्पन्न भएमात्रै जनता सुखी हुने बताए । सरकारले नीतिगत व्यवस्था गर्ने र जनताले उत्पादनमा जोड दिँदा मात्रै देश समृद्ध बन्ने भन्दै गुरुङले कर तिर्दा कोही पनि तर्सिन नहुने बताए ।
‘छिमेकी मुलुक चिनलाई हेर्नुस् त्यहाँ सरकारले नीति बलियो बनायो जनताले उत्पादन गरे’ गुरुङले भने ‘त्यहाँका नेताले आँफै काम गरेर देश समृद्ध भएको होईन जनताले उत्पादनको आधारमा कर तिरेकाले देश समृद्ध भएको हो ।’
सरकारले बनाएका योजनामा विरोध गर्नेले देशको कहिल्यै समृद्धि नचाहेको उनको भनाई थियो । सरकारले करका लागि बनाउने नीति वैज्ञानिक हुनुपर्ने भन्दै उनले कमाई हुने जोसुकैले कर तिर्नुपर्ने बताए । ‘नेपालका जनताले सबैभन्दा थोरै कर तिर्छन् ।’ उनले भने ‘नक्कली भ्याट बिल बनाएर कर छल्ने ठुला व्यवसायी पनि नेपालमा छन्, अनि कसरी हुन्छ समृद्ध देश ।’
उद्योगपति बिनोद चौधरीको उदाहरण दिँदै मन्त्रि गुरुङले व्यक्ति धनी हुँदा पनि राज्य गरिब भयो भने उ गरिब देशको नागरिक भनेर चिनिने गरेको दाबी गरे । भाषणको अधिकांश समय कर किन तिर्ने भन्ने विषयमा खर्चेका गुरुङले भने ‘यज्ञमा लाख दान दिनेले एक रुपैयाँ करमा करकर गर्छन् । सकिन्छ भने कर लगाउनु राम्रो हो । लोकतन्त्रले त्यहिं भन्छ । पूँजीको विकासका लागि कर तिर्नैपर्छ ।’
उनले खर्चलाई जोड दिए । नागरिकसँग भएको पैसा खर्च नभएसम्म आर्थिक क्षेत्र चलायमान नहुने भन्दै उनले खर्च बिनाको पैसा कागजको खोस्टो मात्रै भएको बताए । ‘हामीसँग भएको पैसालाई खर्च गरौं, एक जनाको खर्च अर्कोको आम्दानी हो’ उनले भने ‘गन्दा हुने पैसाले काम दिँदैन, काम गर्ने पैसा चाहियो ।’
‘एक हजार दश जनामा दिनमा घुमोस् बल्ल काम चल्छ । विकास र वृद्धि भनेको त्यहिं हो ।’ उनी भन्छन् ‘एक हजारलाई सुन्य बनाउने कि दश हजार बनाउने ? हामीले उत्पादन, आम्दानी र खर्चलाई समान बनाऔं ।’
गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारको सहयोगमा आफ्नै भवन निर्माण गर्न थालेको हो । यसअघि भाडाको घरमा बस्दै आएको गाउँपालिका निर्धारित समयमा भवन निर्माणको काम सकिए एक वर्षभित्रै आफ्नै भवनबाट सेवा प्रवाह गर्ने गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->