मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बरेङमा आगलागी, एक घर जलेर नष्ट

बरेङमा आगलागी, एक घर जलेर नष्ट


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७७, बिहिबार

बागलुङ, २२ असोज– खाना पकाउनका लागि बालेको आगो घरमा सल्किए पछि बागलुङको बरेङ गाउँपालिका–१ धुल्लु बास्कोटमा एक घर जलेर नष्ट भएको छ । बुधबार साँझ भएको आगलागीका कारण स्थानीय रामकुमार बिकको दुई तले कच्चि घर जलेको हो । आगलागीबाट झण्डै पाँच लाख रुपैयाँको क्षति भएको गाउँपालिकाले जनाएको छ ।
आगलागीबाट बिकको घरमा रहेका खाद्यान्न, लत्ता कपडा तथा घरयासी सबै सामान जलेका छन् । ७ जना बस्दै आएको घरका सबैजनाले भागेर ज्यान जोगाएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।
घर जलेको परिवारको अस्थाई बास निर्माण गर्न गाउँपालिकाले तत्कालै जस्ता पाताको व्यवस्था गर्ने प्रकृया थालेको छभने पीडित परिवारका लागि खाद्यान्न लगायतका राहत समग्री उपलव्ध गराईएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->