मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

शुक्रवारदेखि जेसीज सप्ताह हुने

शुक्रवारदेखि जेसीज सप्ताह हुने


  • ढोरपाटन संवाददाता
  • असोज २२ २०७७, बिहिबार

बागलुङ, २२ असोज– हरेक बर्ष गर्ने जेसीज सप्ताह शुक्रवारदेखि सुरु हुने भएको छ । बागलुङ जेसीजले बिहिवार पत्रकार सम्मेलन गरेर जेसीज सप्ताहबारे जानकारी गराएको हो ।
जेसीज सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष सुरेन्द्र शाक्यले युवाहरुको क्षमता बिकास गर्ने, आन्तरिक प्रतिभालाई उजागर गराउने र सकारात्मक परिवर्तनकालागि सप्ताह गर्न लागिएको बताए । उनले कोरोना संक्रमण बिरुद्धको अभियानमा पनि जेसीजले सक्रिय सहभागिता जनाएको बताए । ‘हामीले कोरोना संक्रमणको बेला धेरै क्रियाकलाप गरेका छौं, युवाहरु सामाजिक भावनामा लागेको यो उदाहरण पनि हो’ शाक्यले भने, ‘अझै सक्रियताकालागि सप्ताह उपयोगी हुनेछ ।’
बागलुङ जेसीले साताव्यापी कार्यक्रमको तालिका पनि सार्वजनिक गरेको छ । शुक्रवार उद्घाटन तथा रक्तदान कार्यक्रम गर्नेछ । रक्तसंचार सेवा केनद्रमा हुने कार्यक्रममा आनन्दप्रसाद रेग्मी संयोजक छन् । शनिवार सचिवालयमा पार्लियामेन्ट्री मिटिङ र कार्यविधि तालिम हुनेछ । तालिमकालागि प्रकाश आचार्य संयोजक छन् । आइतवार मालढुंगामा पुगेर सडक बोर्ड व्यवस्थापन गरिने कामकालागि सोनी कार्कीलाई जिम्मा दिइएको छ । सोमबार स्वर्गिय प्रगति स्मृति कोषबाट निरयघाट सफाइ तथा निरयघाटको वृद्धाश्रममा सामाग्री बितरण गरिने कार्यक्रम छ । त्यसकालागि अन्जिला श्रेष्ठ संयोजक छिन् । मंगलवार रेडियो मार्फत संयोजक साधना पन्तले गजल प्रतियोगिता गर्नेछिन् । बुधवार जुम अन्तरक्रिया हुनेछ । आकृति भण्डारीको संयोजकत्वमा हुने अन्तरक्रिया युवाहरुको क्षमता बिकासमा केन्द्रीत हुनेछ । अन्तिम दिन अर्थात बिहिवार युवा सम्मान तथा समापन कार्यक्रम संचालन हुनेछ । रामचन्द्र गौतमले उक्त कार्यक्रमको संयोजन गर्नेछन् । अघिल्लो बर्ष सत्यदेवी स्मृति कोष मार्फत स्लो बाइक रेश प्रतियोगिता हुन्थ्यो । यो बर्ष कोरोना संक्रमणको जोखिम कायम भएकोले भीड हुने कार्यक्रम नराखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->