सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

८२५ रुपैयाँ जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ

८२५ रुपैयाँ जरिवाना नतिरी फरार प्रतिवादी पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७७, शुक्रबार

बागलुङ, २३ असोज– अदालतले तोकेको ८ सय २५ रुपैयाँ जरिवाना नतिरेर चार वर्षदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । केही सार्वजनिक अपराध मुद्दामा २०७३ साल माघ १८ गते जिल्ला अदालतले जरिवानाको सजाय सुनाएपछि फरार रहेका बागलुङ नगरपालिका वडा नं. ३ का २७ वर्षिय सुवास क्षेत्री पक्राउ परेका हुन् । उनलाई प्रहरीले आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
शुक्रबारनै अदालतले तोकेको जरिवाना नतिर्ने अर्का एक प्रतिवादी पनि पक्राउ परेका छन् । साविकको निसीखोला गाविस वडा नं. ३ का भागिसरा घर्ति पक्राउ परेकी हुन् । लुटपाटमा संलग्न उनलाई जिल्ला अदालत बागलुङले २०७१ साल मंसिर १४ गते ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी ६ वर्षदेखि प्रहरी फरार थिईन् ।
घर्तिको भन्दा एक दिनअघि अदालतले लागुऔषध मुद्दामा सजाय सुनाएका बागलुङ नगरपालिका वडा नं. १० का २७ बर्षिय रेशम थापा मगर पनि पक्राउ परेका छन् । उनले अदालतले तोकेको २ महिना २६ दिन कैंद भुक्तान गर्न बाँकी छ । उनीहरु तीनै जनालाई जिल्ला अदालतमा पेश गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेगमीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->