सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

बागलुङ नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द

बागलुङ नगरपालिकाका अत्यावश्यक बाहेकका सेवा बन्द


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७७, आइतबार

बागलुङ, २५ असोज – जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि बागलुङ नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । सोमबारदेखि लागु हुनेगरी अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो । समुदायस्तरमा कोरोना फैलिने जोखिमलाई ध्यानमा राखेर कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम संचालन स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचना अनुसार, नगरका १४ वटै वडा कार्यालयबाट अत्यावश्यक बाहेकका सेवा प्रवाह हुने छैन ।
अत्यावश्यक कामका लागि कार्यालय आउनेहरुलाई समेत अनिवार्य स्वास्थ्य मापदण्ड कायम गर्न नगरपालिकाले अनुरोध गरेको छ । ‘बजारक्षेत्रमा संक्रमण फैलिँदो छ’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले भने– ‘चाडपर्वमा बढेको भीडमा सावधानी अपनाउन सकिएन भने अवस्था नियन्त्रण बाहिर जान्छ ।’ स्वास्थ्यकर्मीको परामर्श अनुसार सेवा प्रवाह रोकिएको उनले बताए ।
यसैबीच, बागलुङ उद्योग वाणिज्य संघले उद्योग कलकारखाना, होटल रेष्टुरेन्ट, पसलहरुमा स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाईका साथ पलना गर्न आग्रह गरेको छ । चाडपर्वमा किनमेल गर्ने ग्राहकको भीडभाड हुने र कोरोनाको संक्रमण जोखिम कायम रहेको उल्लेख गर्दै सावधानी अपनाउन अपिल गरेको महासचिव नरेश कँडेलले बताए ।
बागलुङमा कुल ८ हजार ७२२ जनाको कोरोना परीक्षण गर्दा ५२५ जनालाई संक्रमण भएको थियो । तीमध्ये ३६७ जना निको भएका छन् । १ जनाको मृत्यु भएको छ । हाल ८५ जना क्वारेन्टाईनमा छन् । सरकारले होमक्वारेन्टाईन तथा आईसोलेसनको अभ्यास गर्दा क्वारेन्टाईनमा बस्नेको संख्या कमी हुँदै गएको छ । केही दिनअघि कोरोना नियन्त्रणमा खटिएका बागलुङ नगरका एक जनप्रतिनिधि र एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि नगरका सबै शाखामा कन्ट्याक ट्रेसिङको काम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->