सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

निरयघाटमा रहेका वृद्धाश्रमलाई जेसीजको सहयोग

निरयघाटमा रहेका वृद्धाश्रमलाई जेसीजको सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज २६ २०७७, सोमबार

बागलुङ, २६ असोज– बागलुङ जेसीजले संचालन गरेको जेसीज सप्ताह–२०७७ को चौथो दिन सोमबार निरयघाटमा रहेको वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरिएको छ । सप्ताहको चौथौ दिन निरयघाटमा रहेका २ वृद्धाश्रमलाई खाद्यान्य सहयोग गरिएको हो ।
जेसीजका सदस्य एवं शुभचिन्तक स्व. प्रगतिकुमार श्रेष्ठको सम्झनामा उनको परिवारले स्थापना गरेको स्मृति कोषको सहयोगमा प्रत्येक वर्ष विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरिदै आएकोमा यसवर्ष कोरोना कहरका कारण वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरिएको जेसीजले जनाएको छ ।
२ आश्रमका लागि २० केजी आलु, १० केजी दाल, १० केजी चिनी, १० केजी तेल, १ केजी चियापत्ति, जिरा १ केजी, आटा ३० केजी, लुगाधुने साबुन १ दर्जन र नुहाउने साबुन गरि करिब १० हजार बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरण गर्दै कोषका प्रधान संरक्षक डा. कृष्णबहादुर श्रेष्ठले स्वर्गिय सन्ततीलाई जिवित राख्न परोपकारी काम गर्दै आएको बताए । कार्यक्रम सुरेन्द्र शाक्यको अध्यक्षता, कार्यकारीणी उपाध्यक्ष सौरभ श्रेष्ठको स्वागत र उपाध्यक्ष एवम कार्यक्रम संयोजक अञ्जिला श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->