सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

सेनाका जमदारको मृत्यु, ५ जना पक्राउ

सेनाका जमदारको मृत्यु, ५ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

बागलुङ, ३० असोज– घाइते अबस्थामा भेटिएर उपचारकालागि पठाइएका नेपाली सेनाका जमदारको मृत्यु भएको छ । कालीगण्डकी कोरिडोरमा काम गर्ने ती सैनिकको पोखरा स्थित मणीपाल अस्पतालमा मृत्यु भएको हो ।
सिन्धुली जिल्लाको सुनकोशी गाउ“पालिका वडा नं. १ घर भएका ३५ बर्षका तोरणबहादुर थापाको शुक्रवार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले बताए ।
जैमिनी नगरपालिका वडा नं. ७ र ८ को सिमानामा पर्ने बेलबगरमा खोलाछेउमा थापा मगर अचेत भेटिएका थिए । बिहिवार दिउसो अचेत अबस्थामा भेटेपछि उपचारकालागि उनलाई पोखरा पठाइएको थियो । मणीपाल शिक्षण अस्पतालमा उपचारको क्रममै उनको निधन भएको हो । अचेत र घाइते अबस्थामा भेटिएकोले उनलाई कुटपिट भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ । घटनास्थलमा प्रहरी निरिक्षक दिपक रिजाल सहितको टोली अनुसन्धानकालागि खतिएको छ । प्रहरीले अहिले सम्म स्थानीय ४ युवा र एक महिला गरी ५ जनालाई पक्राउ गरेको जनाएको छ । घटनाको थप अनुसन्धान भैरहेको रेग्मीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->