सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग

खाजा खर्च कटाएर पहिरो पीडितलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०७७, शुक्रबार

बागलुङ, ३० असोज– रोजगारीको शिलशिलामा विभिन्न देशमा रहेका युवाहरुले आफ्नो खाजा खर्च कटाएर पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
पहिरोका कारण घरबास पुरिएका जिल्लाको जैमिनी नगरपालिका वडा नं. १ कुश्मीशेरा र वडा नं. ५ बिनामारेका दश परिवारलाई युवाहरुले आर्थिक सहयोग गरेका हुन् ।
बागलुङ सेवा समाज मलेशिया, बागलुङ सेवा समाज दक्षिण कोरिया, बागलुङ समाज बेल्जियमका अध्यक्ष गंगा शर्मा र कलाकार लक्ष्मण श्रीलगायतका युवाहरुले खाजा खर्च कटाएर जम्मा भएको रकम पहिरो पीडिको लागि उपलव्ध गराएका हुन् ।
कुश्मीशेराका ८ र बिनारमरेका २ परिवारलाई प्रतिपरिवार ५ हजार ५ सय रुपैयाँका दरले रकम प्रदान गरिएको थियो । सहयोग हस्तान्तरण गर्दै जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेलले विदेशमा रहेर पनि गाउँ दुख्दा दुखी हुने सबै सहयोगी संस्था तथा व्यक्तिलाई धन्यवाद दिए । सबै तयारी गरेर विस्थापितको बस्ती निर्माण गर्ने गरि अघि बढेको र विदेशमा बस्ने नेपालीलाई कुनै सहकार्य गर्ने अवस्था भएमा पछि जानकारी गराउने उनले बताए ।
सो अवसरमा बोल्दै कलाकार लक्ष्मण श्रीले आफ्नो माटोमा दुःख पर्दा विदेशमा रहेकाको मन बढी रुने गरेको बताए । बाढी प्रभावित देवराज शर्माले विभिन्न संघसंस्था र व्यक्तिले सहयोग गरेको र अब दिर्घकालिन बासको आवश्यकता रहेको बताए ।
पहिरोका कारण दश घर पुरिएका थिए । तीन जनाको मृत्यु भएको थियो । बागलुङबाट प्रकाशन हुने इनेपाल खवर अनलाईनले सहयोग संकलन र हस्तान्तरण कार्यक्रमको संयोजन गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->