सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

गलकोट नगरपालिकाले जेष्ठ नागरिकलाई दियो चाडपर्व खर्च

गलकोट नगरपालिकाले जेष्ठ नागरिकलाई दियो चाडपर्व खर्च

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ८५ बर्ष उमेर कटेका जेष्ठ नागरिकको लागि चाडपर्व खर्च उपलव्ध गराईने उल्लेख थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०७७, शनिबार

बागलुङ, १ कार्तिक– जेष्ठ नागरिकको सम्मान गर्दै बागलुङको गलकोट नगरपालिकाले चाडपर्व खर्च उपलव्ध गराएको छ । विजया दशमी, शुभ दिपावली र छठ पर्व नजिकिँदै गर्दा नगरका सबै जेष्ठ नागरिकलाई चाडपर्व खर्च उपलब्ध गराईएको हो ।
उमेरमा समाज विकासमा योगदान गरेका जेष्ठ नागरिक चाडपर्वका बेला बेखर्ची हुन नपारोस् भन्दै नगरपालिकाले हरेक वर्ष चाडपर्वमा खर्च उपलव्ध गराउँदै आएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा ८५ बर्ष उमेर कटेका जेष्ठ नागरिकको लागि चाडपर्व खर्च उपलव्ध गराईने उल्लेख थियो । उनीहरुले नेपाल सरकारले पाउने सामाजिक सुरक्षा भत्ताका अतिरिक्त नगरपालिकाको तर्फबाट चाडपर्व खर्च पाउँछन् ।
वृद्धहरुको घर घरमै पुगेर कर्मचारी र जनप्रतिनिधिको टोलीले खर्च उपलव्ध गराएको नगर प्रमुख भरत शर्मा गैरेले बताए । जेष्ठ नागरिकहरुलाई नगरले सम्मानसमेत गर्ने गरेको छ । प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले उनीहरुले खर्च पाउँछन् ।
समाजको अगुवाका निम्ती नगरपालिकाले ल्याएको कार्यक्रमलाई आगामी दिनमा अझै प्रभावकारी ढंगले संचालनमा ल्याउने गैरेको भनाई छ । कार्यक्रम संचालनको सुरुवाती वर्षमा नगरका दुई सय ९८ जना जेष्ठ नागरिकलाई भत्ता वितरण गरिएको थियो ।
गत वर्ष ३ सय ७१ जनालाई वितरण गरिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारी हेमन्तले बताए । भण्डारीका अनुसार, यसवर्ष तीन सय ६ जनालाई चाडपर्व खर्च वितरण गर्ने लक्ष्य रहेको छ । जेष्ठ नागरिकलाई दशैँअघि नै सबै वडामा रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->