सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

काम थालेको तीन वर्षसम्म सुधारिएन शेराबजार

काम थालेको तीन वर्षसम्म सुधारिएन शेराबजार

एक वर्षमै सक्नेगरी थालिएको काम तीन वर्षसम्म पनि सकिएको छैन ।


  • ढोरपाटन संबाददाता
  • कार्तिक १२ २०७७, बुधबार

बागलुङ, १२ कात्तिक– साँघुरो बजार, भिरालो भूभाग भएकाले गुजुमुक्क पारेर बनाईएका घरहरु । लामो समयदेखि त्यहीं साँघुरो बजारबाट जिल्लाको दक्षिण क्षेत्रको व्यापार व्यवसाय चल्यो । बागलुङको दक्षिण व्यापारिक केन्द्र हो कुश्मीशेरा बजार । तत्कालिन गाउँ विकास समिति हुँदा चारवटा गाउँ विकास समितिको संगममा पर्दथ्यो कुश्मीशेरा ।
राज्यको पुनसंरचनासँगै बनेको जैमिनी नगरपालिकाको केन्द्र पनि त्यहीं तोकियो । दश वडाको नगरको मुकाम बनेको सेरा बजारको सुधार गर्ने योजना नगरपालिकाले बनायो । व्यापारिक र प्रशासनिक कामसमेत सोही बजारबाट हुने भएपछि सुधार आवश्यक थियो । पहिलो वर्ष नै बजारक्षेत्रको सडक सुधारको योजना नगरले ल्यायो । ‘सडक नालीबाट हामीले सुधार थालेका हौं’ नगर प्रमुख इन्द्रराज पौडेल भन्छन्– ‘बजार फराकिलो बनाउने अभियान जारी छ ।’
एक वर्षमै सक्नेगरी थालिएको काम तीन वर्षसम्म पनि सकिएको छैन । साँघुरो बजारलाई फराकिलो र सुन्दर बनाउने काममा आँफैले बनाएको नीतिगत व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न नसक्दा सुधारको काम प्रभावित भएको छ । दुई भागमा बाँडिएको सेरा बजारको उपल्लो बजारमा रहेका घरहरुको व्यवस्थापन गर्न नगरपालिकाले नसकेको हो । ‘बजारबासी आँफैले घर सारेर फराकिलो बनाउँछौं भन्नुभएको छ काम पनि चलिरहेको छ’ पौडेल भन्छन् ‘सैनिक टोल र उपल्लो बजार फराकिलो बन्दा मुकाम सुन्दर बन्छ ।’
जैमिनी नगरपालिकाले दुई वर्षअघि सडकको मापदण्ड बनाएको छ । मुख्य सडक १८ मिटर, वडा स्तरीय सडक १४ मिटर र शाखा सडक ८ मिटर चौडाई बनाउने मापदण्डमा उल्लेख छ । तर, पालिकाको मुकाममा रहेको सडकको भने चार मिटर चौडाईसमेत छैन् । त्यहि मापदण्ड लागु गर्न नसकेका कारण बजार विस्तारको काम रोकिएको हो । ‘गरेनन् भनौं जनप्रतिनिधि आएपछि छिस्ती र उपल्लो दमेकजस्ता ठाउँमा सडक पुगे, गरेका छन् भनौ काम गर्ने तौरतरिका मिलेन’ कुश्मीशेरा बजार व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर श्रीषले भने ‘घर फालेर सडक बनाउने काममा यतिका समय अल्झिन हुन्न, सरकार भनेको त विधि बनाएर लागु गर्ने निकाय हो ।’
अहिले पनि कुश्मीशेरा बजार एकै ठाउँमा जोडिएका घरहरुले भरिएको छ । सडकको मापदण्ड कायम गर्ने र बजारलाई फराकिलो बनाउने काम नगरले थालेको भएपनि बेला बेलामा बजारबासीले गर्ने विरोधका कारण काम अल्झिने गरेको नगरप्रमुख पौडेल बताउँछन् ।
बजारबासीले आँफै भत्काउने भनेका घरहरु समयमा नभत्काउँदा समस्या भएको हो । कहिले बजारको बिचबाट मुख्य सडक बनाउने त कहिले शाखा सडक मात्रै बनाउने बजारबासीको मागका कारण काम रोकिएको इञ्जिनियर रामकृष्ण पौडेल बताउँछन् । बागलुङ बरेङ शान्तिपुर सडक शेराबजारको मुख्य भागबाट दिने वा आसपासबाट लैजाने भन्नेमा निधो गर्न नसक्दा समस्या भएको हो । ‘बजारभन्दा तल्लो भागबाट मुख्य सडक लैजाने र बजारको बिचमा शाखा सडक बनाउने भनेर सहमति भएको छ’ पौडेलले भने ‘सडक विभागसँगको सहकार्यमा बजारक्षेत्रको सडकसमेत सुधार गर्दैछौं ।’
एक वर्षमै सुन्दर बनाउने भनिएको पालिका मुकाम तीन वर्ष समय बितिसक्दा समेत भद्रगोल अवस्थामा देखेर स्थानीय असन्तुष्ट छन् । ‘छिमेकी पालिका बरेङले कत्रो प्रगति गरेको छ, हाम्रोमा त कर मात्रै थुपारेका छन्’ स्थानीय सुजन परियारले भने ‘नगरपालिका भनेर कर बढाए तर काम गरेनन् ।’ दश वडा रहेको नगरपालिकाले पालिका मुकामकै सुधार विस्तार गर्न नसकेको स्थानीयको गुनासो छ । बजारका पुराना घर भत्काएर नयाँ घर बनाएपछि मात्रै स्थानीयले सडकको भाग छोड्ने गरेका छन् ।
नगरका केही स्थानमा कच्चि सडक पु¥याउनेबाहेकका काममा नगरले ध्यान दिन नसकेकाले बजारको दुरावस्था देख्नुपरेको परियार बताउँछन् । लामो समय बजार विस्तारमा खर्चेको नगरपालिकाले काम भैरहेकाले अझै एक÷दुई वर्षमा मापदण्ड अनुसारको सडक र सुन्दर बजार बन्ने दाबी गर्न भने छाडेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->