बागलुङ, १२ कात्तिक- अदालतले सजाय सुनाएका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । अदालतको सजायपछि फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बागलुङ र मातहतका इकाईले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेमा बागलुङको अमलाचौरका ३६ वर्षिय गणेश आचार्य र गलकोट नगरपालिका काँडेबासका ३९ वर्षिय राजु परियार रहेका छन् । कुटपीट मुद्दामा जिल्ला अदालत बागलुङले २०७१ बैशाख २३ गते आचार्यलाई आठ महिना कैद र ४ हजार सजाय सुनाएको थियो ।
यस्तै, केही सार्वजनिक अपराधमा अदालतले २०७३ साल माघ १० गते राजु परियारलाई ६ हजार जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेकाहरुलाई अदालत खुलेसंगै पेश गरिने प्रहरी निरीक्षक दिपक प्रसाद रिजालले जानकारी दिनुभयो ।
अदालतको फैसला कार्यान्वयनमा सक्रिय रहेको प्रहरीले हालसम्म १ सय ७ जनालाई पक्राउ गरिसकेको छ ।





