मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

होम आइसोलेसनमा बसेकाहरुसँग जनप्रतिनिधिको भेटघाट

होम आइसोलेसनमा बसेकाहरुसँग जनप्रतिनिधिको भेटघाट


  • ढोरपाटन संबाददाता
  • कार्तिक १३ २०७७, बिहिबार

बागलुङ, १३ कार्तिक -बागलुङ नगरपालिकाको वडा नम्बर १, २ र ३ मा होम आइसोलेसनमा बसेका १३ जना कोरोना संक्रमितहरुलाई बागलुङ नगरपालिकाका नगरप्रमुख सहितको टोलीले भेटघाट गरि स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको छ । बिहिबार संघिय सांसद मनकुमारी जिसी, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, बानपा–१ का कार्यवहाक अध्यक्ष लाल बहादुर के.सी., वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरे, वडा नम्बर ३ का वडा सदस्य कमल खड्का, स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल र स्वास्थ्य शाखाको टोलीले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग भेट गरि उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको थियो ।
उक्त भेटघाटको क्रममा नेपाल सरकार तथा बागलुङ नगरपालिकाबाट जारी गरिएको होम आइसोलेसन सम्बन्धी स्वास्थ्य सुरक्षाको मापदण्डको बारेमा जानकारी गराउनुका साथै मापदण्ड पूर्ण रुपमा पालना गर्नका लागि सचेत गराइएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । उनले अनुगमनको क्रममा होम आइसोलेशनमा बसेका व्यक्तिहरुको स्वास्थयकर्मीहरुले नियमित अनुगमन गरेको, १४ दिन पुरा होम आइसोलेनमा बसेका संक्रमितहरुको नगर स्वास्थ्य शाखाको केश खोजपडताल तथा अनुसन्धान टोलीले पिसिआर परीक्षणको व्यवस्था मिलाएको र सम्पूर्ण संक्रमितहरु अनुशासन पूर्वक होम आइसोलेसनमा बसेको पाइएको बताए ।
संक्रमितहरुको हौसला बढाउनको लागि भेटघाट गरिएको नगरप्रमुख जनकराज पौडेलले बताए । उनले होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई स्थानिय सरकारको प्रत्याभूति गराउनको लागि भेट गरि उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको बताए । ‘होम आइसोलेसनमा बसेकाहरुसँग भेट गरि उनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लियौं’ उनले भने–‘होम आइसोलेसनमा बसेकाहरुलाई स्थानिय सरकारको प्रत्याभूति गराउँदै कोरोना महामारी न्यूनिकरणको लागि र संक्रमितहरुलाई लागि नगरपालिकाको कामको बारेमा सल्लाह र सुझाव लियौं ।’
नगरपालिकाले होम आइसोलेसनमा बस्नेकाहरुको लागि ६ बुँदे होम आइसोलेसन मापदण्ड बनाएको र संक्रमितहरुले उक्त मापदण्ड पालना गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->