बागलुङ, १३ कात्तिक- जिल्ला प्रहरी कार्यालय बागलुङले लागुऔषध मुद्धाका एक प्रतिवादीलाई पक्राउ गरेको छ । गत बर्षको पौष २२ गते जिल्ला अदालत बागलुङले कैंद र जरीवाना सजाएँ सुनाएका बागलुङ नगरपालिका वडा नं. २ का ३४ बर्षिय सन्तोष भन्ने एडिसन बस्नेतलाई पक्राउ गरिएको हो । अदालतको फैसला पछि उनी फरार थिए । दशैं मनाउन घरमा आएको बेला उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बस्नेतले १ बर्ष १० महिना २१ दिन कैंद र ७५ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकि छ । पक्राउ परेका बस्नेतलाई बिहिबारनै जिल्ला अदालत पेश गरिएको रेग्मीले बताए । दुईमहिना यता फरार प्रतिवादी पक्राउ अभियान चलाएको प्रहरीले हालसम्म १ सय ८ जना पक्राउ गरेको छ । बागलुङमा ४ सय ८० जना प्रतिवादी फरार थिए ।





