बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चाडपर्व, सचेतना र खर्चकटौती

चाडपर्व, सचेतना र खर्चकटौती


  • Dhorpatan News
  • कार्तिक १६ २०७७, आइतबार

कोरोना कहरका बीच आम नेपालीले यो बर्षको दशै मनाउन सुरु गरेका छन् । संक्रमणको जोखिम भएकोले अधिकांस मानिसले बसेकै स्थानमा दशै मनाएका छन् । जो जहाँ छ त्यही दशै मनाउँदा संक्रमणको जोखिम कम हुने देखिन्छ । तर सार्वजनिक यातायात खुला भएकोले गाउँघरमा पुग्ने क्रम रोकिएको छैन । लामो यात्रा गर्नुपर्ने कर्मचारी घरमा पुगेका छैनन् भने बिद्यार्थी र लामो समय देखि कुनै न कुनै रुपमा घर पुग्न नपाएका बिद्यार्थी, मजदुर र अन्य क्षेत्रका मानिस भने दशैकालागि घर पुगीरहेका छन् ।
सरकारले दशैमा खानपानमा ध्यान दिन भनेकोले खसीबोकाको व्यपार भने कम भएको छ । रोग प्रतिरक्षा बढाउने जडिबुटी खानपानमा धेरैको ध्यान बढेको छ । त्यो सकारात्मक पक्ष पनि हो । आम नेपालीले दशै लगायतका चाडपर्वमा दुइचार हजार रुपैयाँ बचाउन सकेपनि त्यो राम्रो हो । अर्थात त्यसले राष्ट्रिय अर्थतन्त्रमा राम्रो प्रभाव पार्ने देखिन्छ । तर आम नेपालीको तडकभडक पर्व मनाउने प्रवृत्ती भने अझै रोकिएको छैन । यो पटक भने कम्तिमा टिका लगाउने बाहनामा धेरै खर्चने, आफन्तको घरमा जाने लगायतका काम भने रोकिएका छन् ।
यो बर्ष भारत र चीनबाट खसीबोका पनि कम आयात भएका छन् । नेपालीहरुले चाडपर्वमा मासुखाने प्रचलन बढी छ । तर आयात भएका खसीबोका भन्दा आफ्नै उत्पादन तर्फ जोड दिएको पनि देखिएको छ । गत चैतदेखिनै लकडाउन लागेको र गाउँ फर्केकाहरुले खसीबोका पाल्ने, बाँझीएको जमिनमा खेतीपाती गर्ने लगायतको कामले आत्मनिर्भरता बढाउन खोजेको देखिन्छ । तरपनि सुरक्षा सर्तकता भने न्युन छ । सार्वजनिक यातयातमा कोचाकोच यात्रा गर्ने, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्ने, मास्क, सेनिटाइजर नलगाउने जस्ता गतिविधिले दशैपछि ग्रामीण क्षेत्र सम्म संक्रमणको दर बढ्न सक्ने देखिन्छ । घर हिडेका देखि किनमेलकालागि बजार निस्केकाहरुमा आफ्नै स्वास्थ्य प्रतिपनि चासो नगरेको पाइयो ।
दशैपछि बढ्न सक्ने संक्रमणका कारण कतिपय जिल्लामा लकडाउन लगाउनुपर्ने बाध्यता हुन सक्ने अड्कलबाजीपनि भएका छन् । सम्बन्धीत प्रशासनहरुले दशैको बिदामा हुने जोखिम न्युनिकरणकालागि वडा तहमा अनुगमन समिति पनि बनाएका खवर छन् । ती खवरले प्रारम्भिक जोखिमको सामना गर्ने तयारी गरेको देखिन्छ । तयारीले सामान्य सहयोग गर्ला तर आम नागरिकले गर्ने सर्तकता र स्वास्थ्य मापदण्ड पालनानै कोरोना संक्रमणबाट बच्ने पहिलो उपाया हो । तुलनात्मक कम रौनक देखिएपनि नेपालीले महान चाडको रुपमा दशै मनाउन थालिसकेका छन् । यसको अन्तिम सम्म अर्थात कोजाग्रत पूर्णिमा सम्म मनाइसक्दापनि नेपाली नागरिकहरु सुरक्षित र सचेत बन्न सक्नुपर्छ । त्यसकालागि हरेक सचेत नागरिकले अन्य छिमेकीलाई सकारात्मक सन्देश प्रवाह गर्न पनि सक्नुपर्छ । दशै लगत्तै तिहार पनि आउने तर बिचको समयमा कार्यालयहरु खुल्ने भएकोले आउजाउको यात्रा बढी जोखिमको हुन्छ । त्यो समयलाई समेत ध्यानमा राखेर प्रशासन र स्थानीय पालिकाहरुले आफ्नो क्षेत्रको सुरक्षामा ध्यान दिन जरुरी छ । जोखिम बढ्न सक्ने स्थान, भीडभाड हुने स्थानमा समयमै व्यवस्थापन गराउन सक्नुपर्छ । अन्याथा चाडपर्व मनाउने रमाइलो स्थानने कोरोना जोखिमको माध्यम बन्न सक्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->