पोखरा, १६ कात्तिक– गायक सन्तोष बस्याल र गायिका समीक्षा अधिकारीको ‘एउटै मुटु’ बोलको गीत सार्वजनिक भएको हो । पोखरामा रहेर संगीतसँगै पत्रकारितामा सक्रिय बस्यालको यो पहिलो लोकगीत हो । बस्याललाई पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारीले साथ दिएकी हुन् ।
ईश्वर खड्का ‘विशाल’ले लेखेको गीतमा संगीतकार बाबुल गिरीले संगीत गरेका हुन् । प्रथम क्षेत्रीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा क्षेत्रीसहित एन्जिला बानियाँको अभिनय रहेको छ ।





