बागलुङ, १७ कात्तिक– बागलुङको बरेङ गाउँपालिकाको केन्द्र बरेङ बजारमा सडक कालोपत्रे गरिएको छ । दशैं बिदाको समयमा स्थानीय मजदुरको प्रयोग गर्दै निर्माण कम्पनीले कालोपत्रेको काम अन्तिम चरणमा पु¥याएको हो ।
कोरोना कहरका कारण मजदुरहरु पाउन कठिन भएको भन्दै लामो समयदेखि रोकिएको कालोपत्रेको कामले दशैंको समयमा प्राथमिकता पाउँदा झण्डै एक किलोमिटर सडक पक्कि बनेको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । ‘बरेङ बजारमा सडक कालोपत्रेको काम ९६ प्रतिशत सकियो’ शर्माले भने ‘यो हाम्रो पालिकाको पहिलो कालोपत्रे सडक हो ।’
साँघुरो बजार क्षेत्रलाई फराकिलो बनाएर सडक कालोपत्रे गरिएको हो । गाउँपालिकाले कालोपत्रेको कामलाई पालिकाको गौरवको योजना भन्दै प्राथमिकतामा राखेको थियो । बरेङ बजारमा कालोपत्रे भएको सडक बरेङ बजारदेखि कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने सडक खण्डअन्र्तगत पर्छ ।
नेपाल सरकारको समानीकरण अनुदान ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत लगानीमा उक्त सडक कालोपत्रे भएको हो ।
३ करोड ४४ लाख रुपैयाँ लागतमा केपी कन्ट्रक्सनले कालोपत्रे गर्नेे जिम्मा लिएको थियो । एक किलोमिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको सडक कात्तिकको अन्तिम सम्ममा गाउँपालिकालाई हस्तान्तरण गरिने निर्माण कम्पनीले जनाएको छ ।





