सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

एक हप्ताका लागि बागलुङ बजार लकडाउन

एक हप्ताका लागि बागलुङ बजार लकडाउन


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७७, सोमबार

बागलुङ, १७ कात्तिक– जिल्लाको सर्वपक्षिय बैठकले सोमबार राती १२ बजेदेखि कात्तिक २४ गते राती सम्म बागलुङ नगरपालिकाको मुख्य बजार क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको सुरक्षा निकाय, राजनीतिक दल, व्यवसायी, जनप्रतिनिधि समेतको बैठकले बन्दाबन्दी गराउन निर्णय गरेको हो । यो बन्दाबन्दीमा अत्यावस्यक बाहेकका सबै पसल, व्यवसाय, शैक्षिक संस्था, सवारी साधन समेत बन्द गराउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रसाशकीय अधिकृत धिरेन्द्रराज पन्तले बताए ।
आइतवार बागलुङ उद्योग बाणिज्य संघले अनुरोध गरेपछि बागलुङ नगरपालिकाले पनि प्रशासनमा बन्दबन्दी गराउन सिफारिस गरेको थियो । सिफारिस अनुसार बानपा वडा नं. १, २, ३ र ४ को क्षेत्रमा लकडाउन गराउने निर्णय भएको बैठकका सहभागिले बताए । लकडाउनको समयमा एम्बुलेन्स, अत्यावस्यक सामाग्री ढुवानी, दूध र फलफूलका सवारीलाई चल्न दिइनेछ । त्यस्तै प्रेस पास भएका सवारी र औषधिजन्य बस्तुको ढुवानीपनि चल्नेछन् । बजार क्षेत्रमा अधिकांस पसल बन्द रहनेछन् । दैनिक उपभोग्य बस्तु खरिदकालागि बिहान ७ देखि ९ बजेको समय तोकिएको छ । यो समयमा सबैले सामान खरिद गरिसक्नुपर्नेछ । दशैपछि बागलुङ बजार भित्र व्यवसायी लगायत समुदाय तहमा कोरोना संकमण देखिएपछि लकडाउन गराउनुपर्ने माग बढेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->