सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

जुवाको खालबाट पाँचजना पक्राउ

जुवाको खालबाट पाँचजना पक्राउ

फरार प्रतिवादी चार भेटिए


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०७७, मंगलबार
बागलुङ, १८ कात्तिक– जिल्ला प्रहरी कार्यालय बागलुङले बागलुङ बजारको एक होटलमा जुवा खेलेको आरोपमा नगद सहित पाँच जनालाई पक्राउ गरेको छ । बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रहेको होटल बिसौनीबाट नगद ७८ हजार १ सय रुपैयाँ सहित पाँच जना पक्राउ परेका हुन् ।
श्रीमाया थापाले सञ्चालन गरेको होटलको भुईतलाबाट उपल्लाचौरका ३६ बर्षिय जाविर हुसेन, लोकेन्द्र थापा क्षेत्री, अख्तर हुसेन, ३९ बर्षिय होटल सञ्चालक श्रीमायाँ थापा र पर्सा जिल्ला घरभई उपल्लाचौर बस्ने ३९ बर्षिय मनिलाल रामलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । उनीहरुको म्याद थपगरी अनुसन्धान भैरहेको रेग्मीले बताए । त्यस्तै जिल्ला अदालत बागलुङले बिभिन्न समयमा कैद तथा जरिवानाको सजाएँ सुनाएका चार जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको गलकोट नगरपालिका–७ मल्मका इश्वर थापा, बागलुङ नगरपालिका–२ का सुनिल बस्याल, गलकोट नगरपालिका–७ की सुमित्रा गौतम र बागलुङ नगरपालिका–१० का दलबहादुर थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई मंगलवारनै जिल्ला अदालत पेश गरिएको रेग्मीले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->