बागलुङ, १८ कात्तिक– मंगलबार बिहान बर्षासँगै परेको चट्याङले लागेर बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा दुई जना महिला घाईते भएका छन् । दमेककी खिरमती बिक गम्भिर घाईते छन्भने सोही ठाउँकै तिलचना बहिक छन्त्याल सामान्य घाईते भएको वडाअध्यक्ष लक्ष्मी प्रसाद सापकोटाले बताए । चट्याङले दमेक स्वास्थ्यचौकीको भवन लगायतका संरचनामा क्षति पुपु¥याएको छ । चट्याङ पर्दा, दमेक स्वास्थ्य चौकीको बिद्युत, र सौचालयमा पुर्ण क्षति भएको सापकोटाले बताए । कुश्मीसेरा केबल लि. को दमेक शाखाका लाल बहादुर छन्त्यालले सञ्चालन गरेको केवल र इन्टरनेट सेवा पूर्ण बन्द भएको छ । भबिलाल छन्त्यालको घर बिद्युतमा पुर्ण क्षति भएको उनले बताए । उनको गोठमा पालेका तीन वटा कुखुरा मरेका छन् । चट्याङका कारण बिद्युत, केवल टिभी र इन्टरनेटमा समेत क्षति पुगेपछि दमेकमा सञ्चार सम्पर्क बिच्छेद भएको छ ।





