बागलुङ, १९ कात्तिक– बागलुङमा कोरोना संक्रमणको आशंका गरिएका एक बृद्धको मृत्यु भएको छ । स्वासप्रस्वासमा समस्या, ज्वरो र खोकी सहितका लक्षण देखिएपछि धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका–२ का ८१ बर्षिय पुरुषको बुधबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएकाले उनको थ्रोटस्वाव परीक्षणका लागि पोखरा पठाईएको छ । उनको शव अस्पतालको मर्चरी च्याम्वरमा राखिएको र कोरोना जाँचको रिपोट आएपछि शव व्यवस्थापन हुने अस्पतालका प्रमुख डा. शैलेन्द्र बिक पोखरेलले बताए ।





