मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

कोरोनाले मृत्यु भएका पूर्वप्रहरीको सलामीसहित बिदाई

कोरोनाले मृत्यु भएका पूर्वप्रहरीको सलामीसहित बिदाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०७७, शुक्रबार

बागलुङ, २१ कात्तिक– गत बुधबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएर शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बागलुङ नगरपालिका–२ का ८१ वर्षिय वृद्धलाई नेपाल प्रहरीले सलामी दिएको छ ।
पूर्व प्रहरी नायव निरीक्षक रहेका उनलाई प्रहरीले अन्तिम सालामी दिइएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । धौलागिरी अस्पतालको प्राङ्गडमा प्रहरीको सलामीपछि वृद्धको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
निरयघाटमा सेनाले सलामीसहित उनको शव व्यवस्थापन गरेको हो । ३२ वर्ष पहिला सेवा निबृत्त भएका उनी पूर्व प्रहरीसँग सम्बन्धित विभिन्न संगठनहरुमा समेत रहेर काम गर्दै आएका थिए । स्वासप्रस्वास, रक्तचापलगायतका समस्या भएपछि अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
कोरोना भाइरससँग मिल्दाजुल्दा लक्षण भएकाले अस्पतालले उनको थ्रोट स्वाव जाँचका लागि पठाएको थियो । शुक्रबार संक्रमण पुष्टि भएपछि मृत्यु भएको दुई दिनपछि शव व्यवस्थापन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->