सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

प्रहरीको सवारी चालक सचेतना कार्यक्रम

प्रहरीको सवारी चालक सचेतना कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०७७, आइतबार

बागलुङ, २३ कात्तिक– कोरोना संक्रमण र दुर्घटनाबाट बच्नका लागि सवारी चालकलाई सचेत गराउन प्रहरीले चेतनामुलक कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले चालकसँग एक मिनेट कार्यक्रम सुरु गरेका हुन् ।
आईतबारदेखि सुरु भएको कार्यक्रम एक महिनासम्म सञ्चालन हुनेछ । जिल्लाका विभिन्न सात ठाउँमा सडकमा रहेका प्रहरीले चेतनामुलक सामग्रीसहित चालकलाई सचेत बनाउने छन् । प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा हरेक दिन यो कार्यक्रम सञ्चालन हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख शिव प्रसाद पाठकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->