आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नेपालको पर्यटनको अबको बाटो

नेपालको पर्यटनको अबको बाटो


  • दिवस गुरुङ
  • कार्तिक २४ २०७७, सोमबार

वर्ष २०२० को सुरुवाती समय । जाडो मौसम । तर नेपाल पर्यटन वर्ष २०२० को रन्कोले देशको माहोल तातिदँै थियो ।
जनवरी फस्टमा लाखौ लाख खर्चेर तामझामका साथ उद्घाटन गरियो पर्यटन वर्ष । पर्यटनमन्त्रीको उस्तै दौडधुप । भ्याइनभ्याइ । महत्वकांक्षी लक्ष्य थियो, २० लाख विदेशी पर्यटन भित्र्याउने यसवर्ष । तर पर्यटन विज्ञहरुको दाबी थियो, कुनै हालतमा २० लाख विदेशी पर्यटक भित्रिदैन नेपालमा । सम्भव नै थिएन । एक त त्रिभुवन अन्तराष्ट्रिय एयरपोर्टले त्यति पर्यटक भित्र्याउनै सक्दैनथ्यो, अर्को त्यति पर्यटकका लागि नेपालको होटलहरुले थेग्ने कुरै थिएन । गृहकार्य नै पुगेको थिएन सरकारको, न पुरा तयारी नै । माइकमा भाषण गरेर मात्र हुने कुरै थिएन । तर यति भने सम्भव हुन सक्थ्यो, विगतका वर्षहरुमा भन्दा यस वर्ष पर्यटकको संख्या केही हदसम्म बढ्ने । तर अनायशै रोकियो पर्यटन वर्षको यात्रा । केवल कोरोना कहरले ।
सन् २०१९ को अन्त्यतिर चीनको युवान प्रान्तमा देखाप¥यो कोभिड–१९ । अर्थात् कोरोना भाइरस । विस्तारै यो पश्चिमी मुलुकहरुमा भुसमा आगो सल्केझैं सल्कियो । अनि फैलियो रफ्तारमा । नेपालमा पहिलो संक्रमित भेटिँदासमेत पनि पर्यटनमन्त्री पर्यटन वर्ष नरोक्ने पक्षमा थिए । विस्तारै नेपालमा पनि संक्रमितको संख्या बढ्दै गयो । चौतर्फी पर्यटन वर्ष रोक्नु पर्ने दबाब सृजना भयो र अन्ततः पर्यटन वर्ष स्थगित भएको सरकारले घोषण गर्यो । यसरी तुहियो २० लाख विदेशी पाहुना भित्र्याउने सपना ।
सुरु दिन ताका संक्रमित संख्या धेरै भएका देशहरुबाट पर्यटकहरुलाई नेपाल आगमनमा रोक लगाइयो । विस्तारै कोरोना भाइरस विश्वका प्रायः सबै देशहरुमा देखिएसँगै कुनै पनि देशबाट पर्यटकलाई नेपाल भित्रिन दिइएन । दिनानुदिन परिस्थिति जटिल बन्दै गयो । अन्ततः सरकारले चैत १० गतेबाट देशभर नै लकडाउन लागु ग¥यो । पर्यटकको त के, आम सर्वसाधरणको हिँडडुलसमेत खुम्चियो । करिब तीन महिना लकडाउन अनि विभिन्न समयमा विभिन्न ठाउँहरुमा निषेधाज्ञा जारी गर्दै देश अघि बढ्दै गयो । सयदेखि हजार अनि अहिले लाखौंको संख्यामा संक्रमितको संख्या पुगेको छ नेपालमा ।
विस्तारै सरकारले लुजडाउनको अवधारणा लागु ग¥यो । संक्रमितको संख्या बढ्दो छ, यता आम मानिसहरु पुरानै दैनिकीमा फर्किसके । प्रायः सबै क्षेत्रहरु बिस्तारै खुल्दै गएपनि पर्यटन क्षेत्र भने अक्टोवर १७ सम्म बन्दा नै थियो ।
पर्यटन विभागले सूचना निकाल्यो, अक्टोवर १७ पश्चात विदेशीलाई नेपाल घुम्न पाइने । तर सँगै ट्याग ग¥यो कैयौं मापदण्डहरु । अनिवार्य ७२ घण्टाभित्रको नेगेटिभ पि.सि.आर. रिपोर्टसम्म त ठिकै थियो, एक हप्ता होटलमा क्वारिन्टिन, हरेक व्यक्तिको सुरक्षा स्वरुप पाँच हजार डलरको बिमाको डकुमेन्ट र पदयात्रा वा पर्वतारोहण गर्नु पूर्व १ लाखको बिमा । यी सबै झन्झटिला मात्र थिएनन्, खर्चिलो र समयको बर्बादी पनि । होटलमा एक हप्ता क्वारिन्टिन बस्नका लागि नेपाल आउने हैन । घुम्नका लागि आउने हो पर्यटकहरु । घुमाउरो अर्थमा नेपाल घुम्न नआऊ भनेकै हो ।
हो, पर्यटक एवम् नेपाली सबैको स्वास्थ्यको सुरक्षा प्राथमिक विषय हो । करिब सात÷आठ महिना लामो कोरोना कहरले आक्रान्त छ सिंगो देश । थिलथिल परेको छ देशको अर्थतन्त्र । यसलाई केही हदसम्म पर्यटनले उकास्न मद्दत गर्न सक्नेमा दुई मत छैन । सबै सुरक्षाका मापदण्डहरु लागू गरेर पर्यटन क्षेत्रलाई चलायमान गर्न जरुरत देखिन्छ । सहज होस् पर्यटकका लागि मापदण्डहरु । जस्तैः एक हप्ताको होटलमा क्वारेन्टिन हैन, पदयात्राको इन्ट्री पोइन्टमा पि.सि.आर. टेस्ट होस् हरेकको, केही घण्टामै रिपोर्ट आउने प्रविधि प्रयोगमा ल्याइनुपर्छ । संक्रमित भए क्वारेन्टिन अनिवार्य, हैन भने घुम्नलाई अनुमति ।
सरकारले सबै सुरक्षाका मापदण्डहरु पालना गरेर सबै पर्यटकीय गन्तव्यहरु पूनः सञ्चालन गर्न भनिएता पनि अन्नपूर्ण आधार शिविर पदमार्गलगायत केही अझै सञ्चालनमा ल्याइएको छैन । अहिले सुरक्षित भइए पो आगामी वर्षहरुमा पाहुनाको स्वागत गर्न पाइएला, यस्तो विषम परिस्थितिमा पर्यटक एवम् स्थानीय दुवैको स्वास्थ्यको जोखिम मोल्न हामी चाहँदैनौं, यस्तै तर्कहरु छन् त्यहाँका पर्यटन व्यवसायीहरुका । यी आवाजहरुले यथार्थ बोलेको छ वास्तवमै । कोरोना संक्रमण फैलन नदिन सरकार सुरुवाती दिनमै नराम्ररी चुकेकै हो । सँगै दोष हामी सबैको पनि हो । लापरवाही हामीबाट भएको स्वीकार्नु पर्छ ।
अब समस्याबाट पर भाग्नुभन्दा चुनौती माझ पनि विकल्पहरु बाटाहरु पहिल्याउनु नितान्त जरुरत देखिन्छ । छिटोछरिटो कोरोना परिक्षण गर्ने प्रविधि प्रयोगमा ल्याउनु पर्छ । पर्यटकले अनिवार्य मास्कको प्रयोग, होटलहरुको फुल स्यानिटाइज एवम् भीडभाड कम हुने हेतुले निश्चित संख्यामा मात्र पर्यटकको इन्ट्रीजस्ता नियमहरु अनुसरण गरी पर्यटनलाई सञ्चालनमा ल्याउन सकिन्छ ।
कोरोना पछिको पर्यटन
कोरोना कहरले पर्यटन क्षेत्रमा पु¥याएको क्षतिको कुनै लेखाजोखा नै छैन । यो चुनौती हो, तर सँगै यो अवसरका रुपमा बदलेर अबको पर्यटनको सुनौली भविष्य सुनिश्चित गर्ने मौका हामी माझ रहेको छ । बाँकी हाम्रो जिम्मा ।
निःशन्देह अबको पर्यटनमा स्वास्थ्य, सरसफाई र सुरक्षालाई बढी प्राथमिकता दिइन्छ । पर्यटक स्वयं आफै जिम्मेवार र सजक त रहन्छन् नै, साथै सेवा प्रदायक होटल, रेष्टुँरा, टुरिष्ट बस, हवाइजहाजलगायत सबैमा सरसफाई र सुरक्षामा चुस्त बनाउन प्रेरित बन्नेछ । यो आफैमा सकारात्मक परिवर्तन रहन सक्छ ।
घरभित्रको उकुसमुकुस दैनिकीमा आजित बनेका छन् मानिसहरु । कोरोना कहर साम्य भएपछि उनीहरु खुला आकाश प्रकृतिको सामिप्यमा हराउन चाहन्छन् । प्रायः शान्त, सफा अनि सुनसान गन्तव्यहरुमा । त्यसैले गुमगाम पर्यटकीय गन्तव्यहरु हाइलाइटमा आउनका लागि यो सुनौलो अवसर बन्न सक्छ । समयमै त्यस्ता डेस्टिनेसनहरुको खोज, पूर्वाधारहरुको विकास एवम् प्रचार प्रसार गर्न जरुरत रहन्छ ।
यता अन्नपूर्ण बेस क्याम्पको तीतो कथा होस् कि तिलिचो बेस क्याम्पको । डाइनिङ टेबलमा सुत्न बाध्य हुन्थे पाहुनाहरु सिजनमा । अब त्यस्तो नियति कसैले भोग्न नपरोस् । कि होटलहरुको क्यापसिटी अनुसार मात्र पर्यटकहरु इन्ट्री गराइनुपर्छ कि पुर्वाधारहरुको वृद्धि गरिनुपर्छ, भनेको होटलको संख्यामा वृद्धि । भीडभाड, होहल्ला अनि अव्यवस्थित यात्रालाई पुर्णविराम लगाउनुपर्छ । होस् अब वातावरणमैत्री, सफा, शान्त अनि सुरक्षित पदमार्गहरु ।
अबका आकस्मिक कदमहरु
पर्यटन वर्षका लागि भनेर छुट्याइएको करिब ६१ करोडको धेरै रकम खर्च भएको छैन । एक त यसको केही अंश आकस्मिक राहत कोषको रुपमा खडा गरेर तत्काल पर्यटन क्षेत्रमा लागेकाहरुलाई राहत प्याकेजका रुपमा दिनुपर्छ । अझ अनुदान नै भनौं सीपमूलक कार्यका लागि । त्यही रकम अर्गानिक कृषि फार्म, गाइवस्तु पालन वा यस्तै कार्यहरुमा अग्रसरता बढाउन सकिन्छ । जुन अन्ततोगत्वा कृषि पर्यटन वा इको टुरिजमसँग जोडेर पर्यटन क्षेत्रमा नयाँ आयमहरु थप्न सकिन्छ ।
यस्तो महामारीको समयमा मारमा परेका छन् पर्यटन व्यवसायीहरु । बैंकको ऋण, सरकारी कर अनि विभिन्न शुल्कहरु तिर्दा तिर्दा उठिबास हुने अवस्था आएको छ । महंगो कोठा भाडा तिर्न नसकेर व्यवसायबाटै हात उठाएका कैयौं उदाहरणहरु छन् हामीमाझ । यस्तो बेलामा सरकार मुकदर्शक बनेर जिम्मेवारबाट पन्छिएको छ । कर्मचारी एवम् कामदारहरु अर्को पेशाको बाटो अगाल्नु पर्ने बिडम्बना छ । यसले पक्कै आगामी नेपालको पर्यटन क्षेत्रका थप चुनौती थप्छ । समयमै सरोकारवाला अनि सरकारको ध्यान जान आवश्यक देखिन्छ ।
अबको पर्यटन, आन्तरिक पर्यटन
सरकारले विभिन्न मापदण्डहरु तेर्साएर अक्टोबर १७ बाट विदेशी पर्यटकहरुलाई नेपाल घुम्न खुला ग¥यो । केही सयको संख्यामा त्यस पश्चात विदेशी पर्यटकहरु भित्रिएको तथ्यांक छ । दिनानुदिन उकालो लाग्दै गरेको संक्रमितको ग्राफलाई नियाल्दा पुरानै शैलीमा विदेशी पर्यटकहरु केही समय नेपाल नआउने पक्का नै छ । त्यसैले केही समयका लागि आन्तरिक पर्यटनले सुस्ताएको पर्यटन क्षेत्रलाई केही हदसम्म राहत दिनेमा विज्ञहरु विश्वस्त छन् ।
केही समयको अन्तरालमै नेपालीमाझ घुम्ने कल्चरको तीव्र विकास भएको देखिन्छ । चाडपर्व होस् वा कुनै फुर्सदको समय । मौका मिल्यो कि घुम्न निस्किहाल्छन् नेपालीहरु आजकल । अझ कोरोना साम्य भएपछि यसको गति ह्वातै बढ्ने आँकलन गर्न सकिन्छ ।
प्याराग्लाइडिङ र मर्दी पदयात्राले अहिले माहोल तातेको छ । यता तनहुँको मानहुँकोट डाँडामा एकैदिनमा दस हजार जना पुगेका छन् । यस्तो लाग्छ, प्याराग्लाइडिङ र मर्दी पदयात्रा नगरेका कमै होला पोखरेली र छेउछाउकाहरु । सस्तिएको छ प्याराग्लाइडिङको टिकट । दैनिक हजारौंको संख्यामा देखिन्छन् आकाशमा प्यारासुटहरु । लामो समय पुरै ठप्प यस व्यवसाय केही हदमा तङ्ग्रिएको छ । केही आशा पलाएको छ ।
अब मर्दी पदयात्राको कथा । सरकारले अक्टोबर १७ पश्चात पदयात्रा खुला गरेसँगै मर्दी पदयात्रा गर्नेको लर्को रह्यो । अझ बोलीचालीकै भाषामा, ट्रेन्डिङमा प¥यो यस पदयात्रा । सबै हानिएका थिए, मर्दी बेस क्याम्प । एक त अन्नपूर्ण पदयात्रा नखोलिएको, अर्को छोटो समयावधिमै हिमालको काँखमा पुगेर सुन्दरतामा हराउन पाइने । आन्तरिक पर्यटकहरुको भीडभाड बढेसँगै अहिले ७२ घण्टाभित्रको कोरोना परिक्षणको पि.सि.आर. नेगेटिभ रिपोर्ट सँगै बोकेर पदयात्रामा हिड्नु पर्नेछ । यो चाँहि नितान्त आवश्यक देखिन्थ्यो । यसरी नै अन्नपूर्ण क्षेत्र पनि पदयात्राका लागि खुला गर्न सकिन्छ ।
‘पहिला देश, अनि मात्र विदेश’, नेपाल घुम्ने कल्चरले थिलथिल परेको पर्यटन क्षेत्र केही हदसम्म उकास्छ नै । अहिले कोही पाँच पोखरी पदयात्रा त कोही खप्डत अनि कोही गोसाइँकुण्ड पदयात्राका योजनाहरु बुन्दै छन् । घुम्नु पर्छ तर सबै सुरक्षाका मापदण्डहरु पालना गरेर । सँगै कोरोना बोकेर हैन, सुरक्षित यात्राको अभिलाषा बोकेर ।
अन्त्यमा,
एक न एक दिन कोरोना कहर साम्य हुन्छ नै । महत्वकांक्षी लक्ष्यहरुसहित अघि बढेको सपनाले मुर्त रुप लिने नै छ । त्यसका लागि सम्बन्धित निकायहरुको अग्रसरता अनि सक्रियता अतिआवश्यक देखिन्छ । अबको पर्यटन वर्षमा बीस लाख हैन, तीस लाख विदेशी पाहुनाहरु भित्र्याउने क्षमता नेपालले विकास गर्नु पर्नेछ । यो समय नितान्त पूर्वाधार विकास, सञ्चालित पदमार्गहरुको स्तरोन्नति अनि नयाँ गन्तव्यहरुको खोज र प्रचार प्रसारमा खर्चिनु पर्छ । समयमै सही कदम चालेर नेपालका पर्यटकीय प्रोडक्टहरुको ब्रान्डिङ गर्नुपर्नेछ । ताकी बनोस् नेपाल विश्वकै टप ‘पोष्ट कोभिड डेस्टिनेसन टु ट्राभल’ । अनि यस सुखद खबर छापुन् न्यु योर्क टाइम्स अनि फुकुन् बिबिसीले ।
जय पर्यटन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->