बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कृषिबाट अर्थतन्त्र सुधारौं

कृषिबाट अर्थतन्त्र सुधारौं


  • Dhorpatan News
  • कार्तिक २६ २०७७, बुधबार

कोरोनाको संक्रमण र प्रकोप नबढेको भए यतिबेला नेपालका सबै पर्यटकीय गन्तव्य, होमस्टे र होटलहरु भरिभराउ हुन्थे । नयाँ नयाँ गन्तव्यको खोजी हुन्थ्यो । नेपाल सरकारले कर्मचारीकालागि पनि सात दिन घुम्न बिदा दिने योजना ल्याएको थियो । त्यसैले हरेक नागरिकले कम्तिमा एकएक गन्तव्य घुमेर भएपनि पर्यटन बर्षलाई स्वागत गर्ने थिए ।
तर नेपाल सरकारले ल्याएको महत्वपूर्ण योजना कोरोना कहरले समाप्त प्राय भयो । २०२०को अन्तिम समयमा आइपुगिसकेकोले अब यो बर्ष घुम्ने भन्ने संभावना रहेन । नेपालको अर्थतन्त्रको मुल आधारनै कृषि र पर्यटन हो । यो बर्ष पर्यटनबाट शुन्यता भैसकेको छ । त्यसैले नेपालको अर्थतन्त्रपनि थिलो थिलो बनिसकेको छ । यस्तो अबस्थामा राज्यले कर संकलन गर्नपनि नसक्ने निश्चित जस्तै छ । अर्थात उठीहालेमा पनि त्यो करले कर्मचारीलाई तलब खुवाउनपनि पुग्दैन । अहिले प्रधानमन्त्री देखि वडा सदस्य सम्मको तलब समेत गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने देखिन्छ । तसर्थ नेपालको अर्थव्यवस्थामा नराम्रो असर पर्ने स्पष्टै छ ।
पर्यटन व्यवसाय ध्वस्तै भएको हो त ? एउटा प्रश्न यो पनि छ । आन्तरिक पर्यटन, कोरोना संक्रमण छलेर गरिने छिटफुट भ्रमण र आन्तरिक पर्यटकबाटपनि नेपालको अर्थतन्त्रमा केही टेवा भने पुग्ने देखिन्छ । बाहिर भनेजस्तो ध्वस्तै भएको पनि होइन । तीन करोड जनता मध्ये २ करोडले आफ्ना आन्तरिक क्षेत्रमा घुम्ने र होमस्टे लगायतका ग्रामीण व्यवसायलाई चलायमान बनाइराख्न सकेको खण्डमा पनि तत्काल कमजोर बन्ने अबस्था भने छैन । पर्यटन सँगै कम्तिमा यतिबेला कृषि अर्थतन्त्रमा अब्बल र बलियो बन्नुपर्ने हाम्रो आवस्यकता छ ।
कृषिमा आत्म निर्भर बन्दा देशको अर्बौ रकम बाहिरीनबाट बच्छ । त्यो भनेको अर्थतन्त्रलाई चलायमान पनि बनाउने र धरासायी बन्नबाट बचाउने हो । खाद्यान्न, तरकारी, मासुजन्य बस्तु, दलहन र जडिबुटीमा आन्म निर्भर बन्न सक्ने प्रसस्त संभावना छन् । त्यसकालागि राज्यले कृषि क्षेत्रमा लगानी र प्रेरणा दिने योजना ल्याउनु पर्छ । कम्तिमा एकदुइबर्ष डोजर प्रयोग गरेर सडक खन्ने संस्कृति अन्त्य गरेर कृषिको बिकासमा युवा परिचालन गर्ने, अनुदान र बीउ तथा मलमा सहज पहुँचको व्यवस्थापन गराउन सक्ने हो भने नेपालको अर्थतन्त्र सुधारको बाटोमा हिड्न सक्छ । तर अहिले सम्म त्यस्तो कुनै गुन्जायस देखिएको छैन । राज्यको बजेट परंपरागत रुपमै खर्च भैरहेको छ । लकडाउन र कोरोना संक्रमणका बीचपनि डोजर लगाएर काम गर्ने संस्कृति नहटेपछि कृषि क्षेत्रमा लगानी हुने संभावना कम भैरहेको छ । यसको असर आगामी दिनमा स्पष्टै रुपमा देखिने संभावना छ ।
अझैपनि एकप्रकारको ठोस निर्णय गर्नुपर्ने बेला घर्केको छैन । हरेक पालिका तहमा यो बर्ष कृषिमा केही उत्पादन गर्ने गरी लगानी गर्न सकियो भने देश आत्मनिर्भरतामा जान्छ । आयात प्रतिष्थापन गर्ने एकशुत्रीय अभियान चाल्न सकेमा नेपालको अर्थतन्त्र धरासायी हुनबाट बच्छ । किनकी नेपालीको आफ्नै जग्गा, घर, खेतीपाती र सिंचाईको सुबिधा समेत छ । नभएका छिटफुट स्थानमा राज्यको साथ र समयमा मल तथा बीउ पाउने व्यवस्थापन गरिदिंदा सयौं रोजगारीपनि सिर्जना हुन्छ । बिदेशबाट फर्केका युवालाई तालिम दिएर रोजगारी बनाउने अभियान पनि अब चाल्नुपर्छ । धरासायी भनिरहेको अर्थतन्त्र उकास्न अब कृषिबाटै संभव छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->