शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटना हुँदा पोखरामा पाइलटको मृत्यु

फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०७७, सोमबार

पोखरा, ८ मंसिर – पोखरामा सोमबार ल्यान्डिङ गर्ने क्रममा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ छ भने यात्रु घाइते भएका छन् । पोखरा–२८ कालीकाका ३८ वर्षीय राजु नेपालीको मृत्यु भएको हो । दुर्घटनामा यात्रु काठमाडौं बूढानीलकन्ठ नगरपालिका-२ की २८ वर्षीया शीला श्रेष्ठ घाइते भएकी प्रहरीले जनाएको छ । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।
दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->