शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

दीपक मनाङेकी श्रीमती दिक्छेन डोल्मा चोरी आरोपमा पक्राउ

दीपक मनाङेकी श्रीमती दिक्छेन डोल्मा चोरी आरोपमा पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर १० २०७७, बुधबार

पोखरा, १० मंसिर– गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) की श्रीमतीलाई हेटौंडाबाट प्रहरीले पक्राउ गरेको छ । मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुरूङकी पत्नी दिक्छेन डोल्मा लामा हेटौंडाबाट पक्राउ गरेको हो । लामालाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै उनलाई हेटौंडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए । हेटौंडा १२ मा माइतीमै बस्दै आएकी उनलाई चोरी मुद्दामा फरार भएकी भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । उनलाई हेटौंडाबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा उपस्थिति गराउन पठाइएको प्रहरी नायव उपरीक्षक रानाले बताए । प्रदेश सांसद बन्नुअघि दीपक मनाङे गुण्डागर्दीको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->